अन्य साधना मार्ग भन्दा यो मार्ग के मानेमा फरक ?
गुरुकृपा प्राप्त गर्नासाथ स्वचालित रुपमा कुण्डलिनी शक्तिको जागरण
सबै आध्यात्मिक मार्गहरुको लक्षित उद्देश्य कुण्डलिनी शक्तिको जागरण नै हो | कुण्डलिनी शक्ति प्रत्येक मानिसको मुलाधार चक्रमा तिन फन्को लगाएर अचेतन अवस्थामा सुतिरहेकी हुन्छिन | यस्तो अवस्थामा मानिस अज्ञानताले व्याप्त हुन्छ | कुण्डलिनी शक्तिको जागरण हुनासाथ मानिसको प्राण सक्रिय हुन्छ | विभिन्न मार्ग तथा संस्कृतिमा कुण्डलिनीलाई फरक फरक नामले पुकारिन्छ | कुण्डलिनी शक्तिको जागरण भैसके पछि साधक स्वतः इश्वरीय शक्तिसंग जोडिन्छ र साधना गर्दै जाँदा साधकले असिमित शक्तिको अनुभूति गर्दै जाँदा पूर्ण चैतन्यताको अवस्था प्राप्त गर्दछ | हाम्रो सन्दर्भमा जगदगुरु आदरणीय श्री महायोगी सिद्धबाबाको करुणा कृपा प्राप्त गरि सके पछि, जसलाई शक्तिपात दिक्षा पनि भनिन्छ, साधकको कुण्डलिनी शक्ति जागृत हुन्छ |
सजिलो मार्ग
अरु हठ योग, मन्त्र योग, लय योग, राज योग जस्ता योग मार्गहरुले पनि कुन्डलिनी शक्तिको जागरण नै गराउने हो | तर यी मार्ग अपनाई साधकले कुन्डलिनी शक्तिको जागरण हुने अवस्था सम्म पुग्न ठूलो परिश्रमको लगानी गर्नु पर्दछ | यति ठूलो परिश्रम गरेर त्यो अवस्था सम्म साधक पुग्न सफल भएको खण्डमा पनि यदि विशेषज्ञता हासिल गरेका आध्यात्मिक गुरुको निर्देशनमा साधना नगरी आफ्नै निजि प्रयासमा मात्र गरेको अवस्थामा कुण्डलिनीको जागरण साधकका लागि बडो जोखिमपूर्ण हुन सक्छ | कतिपय अवस्थामा त यसरी निजि प्रयासमा मात्र जागृत गरेको कुण्डलिनी साधककै लागि खतरनाक पनि हुन सक्छ | तर पाशुपत सिद्ध माहायोग साधना मार्फत कुण्डलिनी शक्तिको जागरण साधकको आफ्नो निजि प्रयास बिना नै सुरक्षित रुपमा गर्न सकिन्छ | एक पटक जव महायोगी सिद्धबाबाको कृपाद्वारा कुण्डलिनी शक्तिको जागरण हुन्छ, त्यसपछि यसको बिकास गर्न महायोगी सिद्धबाबाको निर्देशन र कृपा लगातार प्राप्त भै नै रहन्छ | साधनाको विकास अघाडी बढ्दै जाँदा साधकले विभिन्न अनुभूतिहरु विचित्र रुपमा अनुभव गर्दै जान्छ र वेदमा उल्लेख भए अनुसार सहज रुपमा सजिलै भौतिक तथा मानसिक स्वास्थका साथै अलौकिक सफलता पनि प्राप्त गर्दछ |
चारै प्रकारका योगहरुको प्रभाव संयुक्त र स्वचालित रुपमा प्रस्फ़ूटित
पाशुपत सिद्ध महायोग हठ, मन्त्र, लय र राज योगको पनि योग हो र यी चारै योगहरुको श्रोत हो | सिद्ध महायोग साधना गर्दा साधकको आफ्नो शरीरमा जागृत भएको आफ्नै कुण्डलिनी शक्तिले साधकलाई कुन अनुभूति गराउने भन्ने निर्णय गर्दछ र साधकले हठ, मन्त्र, लय र राज गरि चारै योगसंग सम्बन्धित अनुभूतिहरु गर्न सक्छन | उदाहरणको लागि भौतिक रुपमा हुने आसनहरु, प्राणायामहरु, मुद्राहरु, र मानसिक रुपले हुने मन्त्र उच्चारण, भजन गाउने जस्ता क्रियाहरु आफै स्वचालित रुपमै हुनुका साथै शरीरमा थर्थराहट हुनुका साथै विभिन्न किसिमका रंगहरु देखिने जस्ता कुरा पनि साधकले अनुभूति गर्न सक्छन | यसरी हुने स्वचालित क्रियाहरुको उद्देश्य हाम्रो शरिर, चित्त वा मन भित्र जन्म जन्म देखि जम्मा भएर बसेका संस्कार र कर्मका परिणाम हरुलाई मेटाई सफा गर्नु हो, किनकि तिनै जम्मा भएर बसेका संस्कार कर्महरुको समग्रताले नै हामीले शाररिक विकारको रुपमा विभिन्न शरारिक रोग र मानसिक विकारको रुपमा बिबिध मानसिक रोग वा तनावसंग सम्बन्धित समस्याहरुको सिकार हुनु पर्दछ | कुण्डलिनी पूर्ण रुपमा चेतन शक्ति भएकोले कहाँ कसरी र कुन क्रियाद्वारा साधकलाई हित गर्न सकिन्छ उ आफैले योजना गर्दछ |