हिमालयन पाशुपत सिद्ध महायोग


भित्र पसेर हेर, माथि उठेर सोच

वर्तमान समयको वास्तविकता हेर्दा लाग्छ,यो एक यस्तो संसारमा हामी बाँचिरहेका छौ जहाँ जीवन तनाव, पीडा, रोग र सोकले भरिएको छ | चाहे हामी पुगिसरी आएका धनाड्य वर्गका हौ वा सामान्य गुजराकै लागि मात्र पनि कडा मेहनतको साहारामा बाँचिरहेका वर्ग, हामी सबै आज शान्ति र आनन्दको खोजीमा भौतारीरहेका छौ | हाम्रो आ-आफ्नो परिस्थितिका बाबजुद आज हामीले भोगिरहनु परेका सारा समस्याको श्रोत एउटै बनेर आएको छ - हामी भित्रै घर गरेर बसेको हाम्रो मोह, लोभ र अभावको चिन्तन, चारैतिर ब्याप्त नकारात्मक दृष्टिकोण, शारारिक अस्वस्थता, मानसिक तनाव र अशान्ति | यी आबश्यकताको परिपूर्ति गरेर जीवन सुखी बनाउने हाम्रा लाख प्रयासका बाबजुद पनि हाम्रो समस्या सुध्रनुको सट्टा आज भन्दा भोलि, भोलि भन्दा पर्सि झन् झन् बिग्रदै गैरहेको भान हुन्छ | तर यी यस्ता समस्याहरुवाट पार पाई जीवन सफल बनाउन हिमालयन पाशुपत सिद्ध महायोग साधना अचुक अस्त्र मानिएको छ | त्यसैले आउनुहोस, हिमालयन पाशुपत सिद्ध महायोग परिवारसंग आजै हातेमालो गर्नुहोस, तपाइलाई यस महायोग अभियानमा हार्दिक स्वागत छ |

महायोग साधनाका फाइदाहरु

महायोगी सिद्धबाबाबाट आशिर्बाद र मार्गदर्शन

कुनै पनि आध्यात्मिक मार्गमा, गुरु-शिष्य परम्परा अनुसार समर्थ गुरुको आशिर्बाद र मार्गदर्शनमा मात्र साधकको प्रगति र आध्यात्मिक लक्ष्य प्राप्ति हुने कुरा निर्बिबाद छ | यस महायोग मार्गमा समाधिसिद्ध सद-गुरुदेव महायोगी सिद्धबाबाको अमूल्य आशिर्बाद र मार्गनिर्देशनले हाम्रो जीवनमा अकल्पनीय सकारात्मक परिवर्तनको अनुभूति गराउदछ ।

तपाईंको शरीरको आवश्यकता अनुसार विशिष्ट अनुभवहरूको अनुभूति

सद-गुरुदेववाट कृपा प्राप्त गरिसके पछि प्रत्येक साधकले आ-आफ्नो शरीरको आवश्यकता अनुसार विशिष्ट अनुभवहरूको अनुभूति गर्न सक्छन | कुन साधकले कस्ता खालका चैतन्य अनुभूति गर्छन भन्ने कुरा प्रत्येक साधकको शारारिक र मानसिक स्थिति अनि वहाँहरुको पूर्वजन्ममा संचित संस्कारमा भर पर्दछ | त्यसैले सबै साधकहरूलाई एकै खालको अनुभूति हुन्छ भन्ने छैन | देखिने वा नदेखिने गरी जसलाई जस्तो अनुभूति भए तापनि ती अनुभवजन्य चैतन्यता भने हठ, मन्त्र, लय र राज गरी चारै योगको समायोजित प्रभाववाट उत्पन्न हुन्छन |

आन्तरिक शुद्धि र परिवर्तन

महायोग साधनाले साधकको शारारिक तथा मानसिक रुपमा अन्तरिक सुद्धि गर्दछ | यो सुद्धिका कारण व्यक्तिले आफ्नो जीवनमा सकारात्मक परिवर्तनहरू स्वचालित भैरहेको, तनाव घटेको, मानसिक, शारीरिक तथा आध्यात्मिक बिकाशतिर उन्मुख भइरहेको र आफ्नो आनन्दको नियन्त्रक आफै भैरहेको अनुभूति गर्दछ |

तपाईंको कुंडलिनीको तत्काल जागरण

महायोगी सिद्धबाबाको कृपाद्वारा तपाइको सरिरमा अन्तरनिहीत सुषुप्त कुन्डलिनी शक्ति तुरुन्तै सक्रिय हुन सक्छ। कुंडलिनी शक्ति सक्रिय भएपछि साधकहरूले आफू आफ्नै ईश्वरीय ऊर्जा स्रोतसंग जोडिएको अनुभव गर्न सक्छन्।

पूर्ण चैतन्यता (आत्मा-साक्षात्कार) प्राप्त गर्न सबै भन्दा छिटो मार्ग

महायोग साधना गर्दै जाँदा हाम्रो आफ्नो कर्मफल र संस्कारका कारण ढाकिएका चेतनाका श्रोतहरु सफा हुदै जाँदा आफूभित्र चेतनाको स्तर बढ्दै गई ईश्वरीय ज्ञानको प्रबाह हुन थालेको कुरा स्वत: अनुभूत हुन थाल्दछ | यस्तो अनुभूति जति बढी साधना गर्यो उति बढ्दै जाने हुनाले कतिपय उठेका प्रश्नहरुको जबाफ पनि साधनावाट आफै मिल्दै जान्छन र साधकले "म को हुँ, मेरो जन्म किन भएको हो ? तथा मेरो जीवनको लक्ष्य के हो जस्ता कुराको उत्तर साधना गर्दै जाँदा आफै बुझ्न थाल्दछ ।

सबै प्राणीप्रति निस्वार्थ प्रेम प्रस्फुटित हुनु

यो साधना अभ्यास गर्दै जाँदा साधकले बिस्तारै प्रकृतिमा रहेका सबै जीवित प्राणीहरुलाई आफ्नै परिवारका सदस्यहरुको रुपमा देख्न थाल्दछ र निस्वार्थ प्रेम गर्न थाल्दछ | यस अनुभूतिले अन्तरिक हृदयदेखि सबै प्राणीहरुलाई मानवताको नाताले व्यवहार गर्न सिकाउँछ

साधक को अनुभब

यो साच्चै अचम्मलाग्दो छ कि एउटा सानो कुराले जीवनमा कति ठूलो असर पर्दो रहेछ | जस्तो ढाड तनक्क सिधा परेर बाहिरी आँखा बन्द तर भित्रि आँखाले तेश्रो आँखामा हेरी आफ्नै सास फेराइमा ध्यान केन्द्रित गरेर बिहान बेलुका आधा आधा घण्टा बस्ने गर्दा जीवनमा यति ठूलो सकारात्मक परिबर्तन आउँछ भन्ने कुरा मैले कहिलै सोचेको थिईन | मलाई पहिला केहि थाहा थिएन कि यो मेडिटेसन गर्दै जाँदा यसका प्रभावले म यसरी मानसिक रुपमा ताजा भै मेरो सोचाइमा स्पष्ट हुन सक्छु, मैले त यसले मेरो पढाई सम्बन्धि हर्दम उठिरहने चिन्तालाई हटाउन सक्छ कि भनेर सुरु गरेकी थिए | बास्तवमा भन्नु पर्दा यो पाशुपत सिद्ध महायोग साधनाले जीवनका विभिन्न मोडमा आइपर्ने बिघ्न बाधाहरुका बाबजुद पनि सकारात्मक सोच राखेर जीवनलाई हेर्नु पर्दछ भन्ने कुरा भित्रैदेखि सिकाउदो रहेछ |

शिपा नेयूपाने

महायोग साधना गर्नुहोस्

अन्तरराष्ट्रिय रुपमा (क्यानाडा, अमेरिका, युनाइटेड किङ्गडम)

पाशुपत सिद्ध महायोग साधना तालिम गर्न इच्छुक महानुभावहरुले वारहेभेन, ओटावा, क्यानाडामा स्थित कार्यालयमा तलको फोन वा इ-मेलमा सम्पर्क गरेर तीन दिनको कार्यशालाको लागि नाम दर्ता गर्न अनुरोध गर्दछौ । यदि तपाईं हाम्रो कार्यालय क्षेत्रको वरिपरि नभई धेरै टाढा हुनुहुन्छ भने आपसी सल्लाह अनुसार हामी तपाईंकहाँ वा तपाइँ यहाँ आइ साधना सिक्न सकिन्छ | कृपया नाम दर्ता वा थप विवरणहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

113 Keltie Private, Ottawa, ON

+1 (613) 879 1825

info@psmyoga.ca

राष्ट्रिय रुपमा (नेपालमा)

ध्यान शुरू गर्न कृपया तपाईंको निवासस्थानको नजिक रहेको आश्रममा सम्पर्क गरी ५ -दिनको तालिम कार्यक्रमका लागि नाम दर्ता गर्न अनुरोध गर्दछौ ।

error: Content is protected !!