यो साधनाका फाइदा के ?

जव व्यक्तिले साधनाका लागि गुरुवाट दिक्षा लिन्छ, त्यसपछि गरिने लगातार साधाना अभ्यासवाट साधकको शरीरमा अचेतन अवस्थामा रहेको कुन्डलिनी शक्ति जागृत हुन्छ र साधकको भौतिक शरिर र चित्त तथा मन सुद्धि गर्ने प्रक्रिया सुरु हुन्छ | यस प्रक्रियासंग सम्बन्धित केहि फायदाहरू हुन्:

असाध्य रोग एवं नशावाट पूर्ण मुक्ति सम्भव निरन्तरको जप एवं महयोगको दौरानमा घटित हुने “खेचरी मुद्रा” मा साधकको जिब्रो स्वत: उल्टिएर तालुमा टाँसिन पुग्छ, जसका कारण सहस्रारवाट निरन्तर प्रवाहित हुने दिव्य रस (अमृत) साधकको शरीरमा पुगेर साधकको रोग प्रतिरोधात्मक शक्तिलाई अदभुत रुपमा बढाईदिन्छ | यसबाट साधकका असाध्य रोगहरु जस्तै : एड्स, क्यान्सर, गठिया, टी. बी., पोलियो आदी प्राणघातक रोगहरुवाट मुक्ति मिल्दछ | महायोगी गोरखनाथबाबाले भन्नु भएको छ : गगन मण्डल में ऊँधा कूँआ, तहाँ अमृतका बासा | सगुरा होई सो भरि-भरि, यी वे निगुरा जाय पिपासा | यस प्रकार साधनामा निरन्तर जप गर्नाले साधकले अति दिव्य आनन्दलाई प्राप्त गर्दछ | सन्तहरुले यसलाई खुमारी भनेका छन | सन्त नानकदेवजीले भन्नु भएको छ : भाङ्ग धतुरा नानका, उत्तर जाय परभात | नाम खुमारी नानका, चढी रहे दिन-रात | निरन्तर नामजपवाट साधकलाई दिव्य अक्षय आनन्दको प्रत्यक्षानुभूति हुन थाल्छ | जसद्वारा साधकको मानसिक तनाव पूर्ण रूपमा शान्त हुन्छ र तनावका कारण उत्पन्न पागलपन, उन्माद, रक्तचाप, चिन्ता, अनिद्रा, भय आदी मनोरोगहरु पनि विना कुनै औषधि केहि समयमा नै ठीक हुन थाल्दछन |

नामजपका कारण प्राप्त हुने दिव्य आनन्दको निरन्तरता सबै प्रकारका नशाहरु जस्तै : अफिम, चरेस, गाँजा, रक्सी, तमाखु आदीवाट सहजै मुक्ति मिल्दछ |

error: Content is protected !!