महायोग साधना
साधनाको समयमा, कुण्डलिनी शक्ति मानव शरीरमा रहेका सातवटा ऊर्जा केन्द्रहरु (मूलाधार चक्रबाट सहस्रार चक्र तिर) को माध्यमबाट संचालित हुन्छ | यी चक्रहरू मार्फत कुन्डलिनी शक्ति प्रवाह हुँदा, साधकले शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक लाभ प्राप्त हुन्छ।
अन्तरराष्ट्रिय रुपमा (क्यानाडा, अमेरिका, युनाइटेड किङ्गडम)
पाशुपत सिद्ध महायोग साधना तालिम गर्न इच्छुक महानुभावहरुले वारहेभेन, ओटावा, क्यानाडामा स्थित कार्यालयमा तलको फोन वा इ-मेलमा सम्पर्क गरेर तीन दिनको कार्यशालाको लागि नाम दर्ता गर्न अनुरोध गर्दछौ । यदि तपाईं हाम्रो कार्यालय क्षेत्रको वरिपरि नभई धेरै टाढा हुनुहुन्छ भने आपसी सल्लाह अनुसार हामी तपाईंकहाँ वा तपाइँ यहाँ आइ साधना सिक्न सकिन्छ | कृपया नाम दर्ता वा थप विवरणहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
हाम्रो सम्पर्क टेलिफोन हो: (६१३) -८७९-१८२५ |
इमेल: info@psmyoga.ca
कार्यशालामा समेटिने विषय:
- महायोगको परिचय
- सरल रुपमा दिईने मार्गनिर्देशन अनुरुप साधनाको अभ्यास
- लिखित दिशानिर्देश
- निर्देशित साधना अडियो रेकर्डिङ
- सद-गुरुदेव (संकल्प दिक्षाद्वारा कृपा प्रदान गर्ने) को तस्वीर हाम्रा सबै साधना तालिम कार्यक्रमहरू स्वैच्छिक डोनेसन (दान) का आधारमा संचालित छन् |
३-दिनको तालिम कार्यक्रममा तपाइलाइ हार्दिक स्वागत छ | यसै गरि तपाई तपाईको इच्छा र गच्छे अनुसार डोनेसन (दान) गर्न चाहनु हुन्छ भने पनि हामी स्वागत गर्दछौ ।
राष्ट्रिय रुपमा (नेपालमा)
ध्यान शुरू गर्न कृपया तपाईंको निवासस्थानको नजिक रहेको आश्रममा सम्पर्क गरी ५ -दिनको तालिम कार्यक्रमका लागि नाम दर्ता गर्न अनुरोध गर्दछौ ।