महायोगी सिद्धबाबावाट दिव्य शक्तिपात दीक्षा
गुरु-शिष्य परम्परामा दीक्षाको एक निश्चित विधान हुन्छ | यसमा समाधिसिद्ध सद-गुरुदेवले आफ्नो ईच्छाशक्तिद्वारा निम्नलिखित चार तरिकाले शक्तिपात गरेर शिष्यमा रहेको सुषुप्त कुण्डलिनी शक्तिलाई जगाएर सक्रिय वनाइदिनुहुन्छ –
१) स्पर्सद्वारा अर्थात् शिष्यलाई छोएर
२) दृष्टि मात्रले अर्थात् शिष्यलाई हेरेर
३) शब्द अर्थात् मन्त्रद्वारा
४) संकल्पद्वारा
अर्थात् सद-गुरुदेववाट दीक्षा लिने मानसिकता बनाउँदा मात्र पनि शिष्यलाई दीक्षा प्राप्त हुन्छ | मन्त्रदीक्षामार्फत गुरुको शक्ति शिष्यमा स्वत: प्रवाहित हुन थाल्दछ | दीक्षाप्रदत्त मन्त्र गुरु स्वयंले लामो समयसम्म साधना गरेर जगाउनु भएको हुनाले चेतन, सजिव र शक्तिपूर्ण हुन्छ | त्यसैले त्यो मन्त्र र सद-गुरु स्वयंमा कुनै अन्तर रहदैन | सद-गुरुदेववाट प्राप्त गेरको शब्द अर्थात् मन्त्रका माध्यामवाट नै साधकले अलौकिक परम पदलाई प्राप्त गर्दछ |
सद-गुरुदेव महायोगी सिद्धबाबाले शरणागत भक्तहरुलाई शक्तिपात दिक्षा प्रदान गर्नु हुन्छ | जुनसुकै जाति, धर्म, सम्प्रदाय, एवं राष्ट्रका व्यक्तिहरुले शक्तिपात दीक्षा कार्यक्रममा सहभागी भै नित्य २ घडी (४८ मिनेट) गुरु-निर्दिष्ट साधनालाई निरन्तरता दिने शर्तमा यो दिक्षा प्राप्त गर्न सक्दछन | त्यसैले सम्पूर्ण मानव जाति यो अलौकिक ज्ञान एवं दिव्य कृपाप्राप्तिका अधिकारी हुन् |