सेवापीठको लक्ष्य र अभियान
(क) सेवापीठको लक्ष्य
स्वास्थ्य, शिक्षा, संस्कार, सम्वृद्धि र शान्तिको माध्यमवाट विवेकपूर्ण मानव समाजको पुन:स्थापना गर्ने |
(ख) सेवापीठको अभियान
भित्र पसेर हेर, माथि उठेर सोच |
(ग) रणनीति
– आयुर्वेदिक विद्यापीठको स्थापना गरी विशेषज्ञहरु तयार गर्ने |
– आयुर्वेदिक चिकित्सालय संचालन गरी हानीरहित स्वास्थ्यपचारका लागि प्रेरित गर्ने |
– राज्यलाई कृषि तथा जडिबुटी उत्पादनतर्फ उन्मुख गराई स्व-रोजगार सृजना गराउने |
– प्राच्य धर्म/दर्शनलाई यथार्थ रुपमा सम्प्रेषण गर्ने |
– लोककल्याणका खातिर महायोग साधनालाई जनजनमा विस्तार गर्ने |
***
दिनानुदिन स्खलित हुँदै गैरहेको मानवीय मूल्य र मान्यतालाई स्वास्थ्य, शिक्षा, संस्कार, सम्वृद्धि, र शान्तिको माध्यमवाट पुन: स्थापना गर्दै महायोग साधनाद्वारा मानवमात्रको एक मात्र अभीष्ठ ‘मोक्ष प्राप्ति’ सम्म पुर्याउने उद्देश्यले ‘भित्र पसेर हेर, माथि उठेर सोच’ भन्ने आदर्शका साथ परमपूज्य श्री श्री १००८ डा. श्रीवैष्णव कृष्णदासजी महाराज (महायोगी सिद्धबाबा) वाट वि. सं. २०६७ सालमा यो पीठको स्थापना भएको हो |