यो जीन्दगी देख्यौ, चाख्यौ, भोग्यौ घरि घरि !
आखिरीमा लैजाने रैछन उनै हरि
यसै उसै मरिन्छ —
हे {यसै उसै मरिन्छ, हरि नाम जपेसी भवसागर तरिन्छ} 2
{जपौ हरिको नाम श्रीराम! जय राम! ! जय जय राम! ! ! } ३ हरि हरी ! !
उठौ जागौ चेतौ अब लागौ सत्कर्ममा
इन्द्रियका विषयभोगले छोडेन अझै तिम्रो मनमा ??
छोटो छ यो जिन्दगी —
हे छोटो छ यो जिन्दगी, गरौ बिशेस काम !
{जपौ हरिको नाम श्रीराम! जय राम! ! जय जय राम! ! ! } ३ हरि हरी ! !
पाएँ मैले जगदगुरु साक्षात नारायण हरि
पार्छु सफल यो जीवन महायोग गरि
सुन्छु, मान्छु गुरु बाणी जान्छु म त गुरुधाम
{महायोग हरिनाम लक्ष्य मेरो साकेतधाम} 2
महायोग-हरिनाम, बुझ्यौ ??
हे {महायोग-हरिनाम श्रीराम! जय राम! ! जय जय राम! ! ! } ३ हरि हरी ! !