#कोरोनाबाट बचौं र बचाऔं

घर-घरमा हिमालयन सिद्धमहायोगानुष्ठान गरौं

हिमालयन सिद्धमहायोगानुष्ठान

प्राचिन कालमा आजको कोरोना जस्ता भाइरसको विपत्तिबाट बच्न र बचाउन पूर्वीय  दर्शनमा आधारित वैदिक पद्दति अनुसारको आहार–विहार, योगासन, प्राणायाम र सकारात्मक चिन्तनको उपयोग गर्दै भाइरससंग लड्न सक्ने प्रतरिोधात्मक क्षमाताको विकास गरि आम-मानिसको जीवन रक्षा गरेको यथेष्ट प्रमाण पाइन्छ । 

हाल नेपालले भोगिरहनु परेको कोरोनाको त्रासदीवाट नेपालीहरुलाई बचाउन विश्व स्वास्थ्य संगठनको निर्देशन पालन गर्दै र नेपाल सरकारको नीतिलाई अबलम्बन गर्दै जगदगुरु महायोगी सिद्धबाबाको सत्संकल्प र आव्हानमा जगदगुरु रामानन्दाचार्य सेवा पिठ चतराधाम, सुनसरीले १५ दिने हिमालयन सिद्धमहायोगानुष्ठानको आयोजना गर्दै छ। सम्पूर्ण नेपालीहरुका लागि स्वास्थ्यवर्धक दिनचर्य, भोजनचर्य र योगाचारणद्वारा स्वस्थ शरीर, स्वस्थ एवं शान्त मन, चित्त र आत्मिक प्रशन्नताका साथ जीवन रक्षा गर्नमा सहयोग पुर्याउनु यो अनुष्ठानको उद्देश्य रहेको छ। 

तसर्थ, यो निशुल्क अनुष्ठानमा सहभागी भै कोरोनाको यो महामारीबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन सहयोग गरौ ।

के यहाहरुले यो अनुष्ठानमा भाग लिनुभयो ?
येदि लिनु भएको खण्डमा यो कार्यक्रम कस्तो लाग्यो कृपया तलको फिडव्याक फारम भरि सुझाव दिनु होस्।

तपाइलाइ यो अनुष्ठान कस्तो लाग्यो यस बारे तपाइले लेखेको लेख कृपया माथि दिएको इमेलमा पाठाई दिन हुन अनुरोध गर्दछौ।

15-दिन लाइभ कार्यक्रम

‘Himalayan Siddha Mahayog’ YouTube Channel मा गएर सद्गुरुदेवका दिव्य वाणीहरु साथै यो १५ दिने अनुष्ठान कार्यक्रम पनि हेर्न सक्नु हुनेछ।

@HimalayanSiddhaMahayog

अनुष्ठानका संसाधनहरू

१) स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु 

२) रोगी व्यक्तिको रोग निर्मूल गर्नु 

३) वर्तमान कोरोना महामारीबाट जीवन रक्षा गर्नु

१) शरीरको पोषण हेतु उचित अन्न जलको व्यवस्थापन र सेवन

२) प्रकाश र शुद्ध वायुको संयमित सेवन

३) मल, मुत्र, पसिना आदिको यथानियम निस्कासन 

४) शारीरिक रुपमा चिसो र तातोबाट रक्षा

५) उचित व्यायाम, परिश्रम र विश्राम

६) विषाक्त द्रव्य, किटाणु र भाईरसबाट जीवन रक्षा

  • नियमित ब्रह्म मुहूंतमा उठ्ने (सूर्य उदाउनु भन्दा डेढ घण्टा पहिले)।
  • इच्छा नभए पनि अनिवार्य उषापान गर्ने (बिहान उठ्नासाथ पेटभरी पानी पिउने कार्य)
  • विविध प्रकारको शरीर शोधन र स्नानहरु गर्ने ।
  • योगासन, प्राणायामहरु गर्ने ।
  • अल्पाहारमा रहने। ब्रह्मचर्यको पालन गर्ने ।
  • ध्रुमपान, मद्यपान, सुर्तीजन्य, नसालु पदार्थको सेवन नगर्ने ।
  • चीया, कफि, मासु, माछा, अण्डा सम्भव भए सदाको लागि, नभए अनुष्ठान अवधिभर सेवन गर्न निसिद्ध (मनाही) गरिएको छ। 
  • परिस्थिति अनुसार एकलै / एकलिएर रहने र मौन रहने पूर्ण प्रयास गर्ने । 
  • घरमा रहदा पनि मास्क लगाउने, दिनमा २ पटक मास्क बदल्ने । 
  • नाक, कान, आँखा नकोट्याउने, नचलाउने । आवश्यक परेमा हात राम्रो धोएर छुने र काम सकिएपछि पनि हात धुने ।
  • बारम्बार हातलाई साबुन पानीले धोइरहने ।
  • इलेक्ट्रोनिक डिभाइसको कमसेकम प्रयोग गर्ने ।
  • गालि, गलौच, हत्या, हिंसा नगर्ने ।
  • अनुष्ठान अवधिभर अत्यन्त आवश्यक नपरि घरबाट बाहिर नजाने ।
  • परिवारसंग १ बेड वा १ सोफामा उठबस नगर्ने, नसुत्ने (काखेबालक स्यहार्ने आमा बाहेकले)
  • अरुको जुठो भोजन नखाने, आफ्नो जुठो पनि अरुलाई नखुवाउने ।
  • रुची नभए तापनि अनुष्ठान अवधिभर प्रस्तुत मेनु अनुसार जलपान तथा भोजन गर्ने ।
  • अमिलो, पिरो, चिल्लो भोजन अनुष्ठान अवधिभर निषेध गर्नु पर्दछ ।

सूचीमा वर्णित सामाग्रीहरु परिवारमा रहेका सदस्य अनुरुप अधिक भन्दा अधिक यथाउपलब्ध संकलन गरिनुपर्दछ।

भोजनमा प्रयोग हुने पदार्थ र मसलाहरु :

  • बेसार – १ के.जी.
  • सुठो – २५० ग्राम 
  • अदुवा – ५०० ग्राम
  • धनिया – ५०० ग्राम
  • जीरा – २५० ग्राम
  • मेथी – २५० ग्राम
  • ज्वानो – २५० ग्राम
  • ल्वाङ – २०० ग्राम
  • मरिच – २०० ग्राम
  • सुकमेल – २०० ग्राम 
  • दालचिनी – २०० ग्राम 
  • जायफल- १० पिस
  • जावित्री – १०० ग्राम
  • पिपलि – २०० ग्राम
  • तेजपात – २५० ग्राम

अन्य औषधिजन्य पदार्थहरु

  • हर्रो – ५०० ग्राम
  • बर्रो – ५०० ग्राम त्रिफला
  • अमला – ५०० ग्राम
  • नीमको पात – ५०० ग्राम
  • नीमको डाठ कान्छी औला बराबर मोटाइको ५ ईन्च लामो १५ पिस – प्रति व्यक्ति
  • असुरो पत्र – १ के.जी.
  • तुलसी पत्र – २०० ग्राम
  • गुर्जा – ५०० ग्राम
  • पारिजात पत्र – १ के.जी.
  • सिमली पत्र – १ के.जी.
  • घ्यू कुमारी -३ के.जी.
  • लसुन – १ के.जी.
  • प्याज – ५ के.जी.
  • २ हात गहिरो खनेर निकालिएको माटो ( रातो / सेतो / लिप्ने माटो भए राम्रो) – १ बोरा
  • गाईको गोबर – १० के.जी.
  • गौ मूत्र – ५ के.जी.
  • मह – १ के.जी.
  • सख्खर – १ के.जी.

अन्य सामग्री र घरेलु उपकरणहरु

  • ग्यास सिलिण्डरमा लगााउने ग्यास पाइप वा २ मिटर लम्बाइको वाटर लेबल हेर्ने पाइप
  • प्रेसर कुकर – १
  • कम्बल – १
  • योगासन गर्ने म्याट-  १

बजारबाट लिनुपर्ने आयुर्वेदिक औषधि (सम्भव भए सबै नभए कुनै एक)

  • अश्वगन्धा चर्ण – ५०० ग्राम
  • गुणुचीघन वटी – १ डब्बा (प्रति व्यक्ति)
  • गिलोयघन वटी वा सम्समी वटी मध्ये कुनै एक
  • कुटजघन वटी – १ डब्बा 
  • स्वासारी वटी – १ डब्बा
  • व्योषादि वटि – १ डब्बा – 
  • च्यवनप्राश – १ के.जी. (स-परिवारको लागि)
  • वासावलेह – १ के.जी. (स-परिवारको लागि) 
  • सेवापलादि चूर्ण – ५०० ग्राम 
  • कायान चूर्ण – १ डब्बा 
  • कन्कासव – १ डब्बा (प्रति व्यक्ति) 
  • रसायन चूर्ण – १ डब्बा (प्रति व्यक्ति)
  • नागरादि क्वाथ – १ डब्बा (प्रति व्यक्ति)
  • आयुष क्वाथ – १ डब्बा(प्रति व्यक्ति)
  • तुलसीअर्क ५१ ड्रप – १ पिस
  • अमृतधारा – १ पिस
  • सन्चो – १ पिस 
  • षडबिन्दु तेल – १ पिस (सपरिवार)
  • तोरीको तेल – १ लि.
  • गाईको घ्यू – १ लि.
  • फिटकिरी – ५०० ग्राम

होमियोपेथिक औषधिहरु :

  • Arsenicum album 30 (संक्रमणबाट बच्न) – १ डब्बा
  • Aspidosperma Q 20 (अक्सिजनको लागि) – १ डब्बा
  • उपरोक्त पदार्थहरु आफुसित जे जति सहजताले उपलब्ध छ, जोहोगर्ने।
  • नभएको पदार्थ सजीलै उपलब्ध गर्न सकिंदैन भने चिन्ता नगरि जे छ त्यसैलाई लाइभमा सिकाइए अनुसार प्रयोग गर्ने ।
  • गोबर र गोमूत्र हाम्रो स्थानीय प्रजातिका गाईको प्रयोग गर्ने । वर्णशंकर को वा जर्सी जस्ता प्रजातिको प्रयोग प्रभावी हुँदैन।
  • जटिल यौगिक प्रकृयाहरु गर्दा जस्तै नेति, वस्ति आदि आसनहरु लाइभमा देखाइए अनुसार गर्न मेसो नपाए वा आफुले नजाने जबरजस्ति गर्ने प्रयास नगर्ने।

उपरोक्त वर्णन गरिएका सामाग्रीहरुलाई प्रयोग गरेर नियमहरुलाई पालन गर्दै विभिन्न योगासन, प्राणायामको साथ १५ दिन सम्म सिद्धमहायोगानुष्ठान गर्नाले हाम्रो जनजीवनको अवश्य रक्षा हुनेछ ।

मिडिया कभरेज

error: Content is protected !!