निकट भबिष्यमा सुरु हुने कोर्स

वेदान्त दर्शन: अर्थ-पंचक (तत्व-ज्ञान)

पाठ्यक्रमको रूपरेखा

विश्व परिवर्तन गर्न सक्ने ज्ञान

साँच्चिकै आध्यात्मिक खोजमा लागेकाहरूका लागि वेदांतको तत्व ज्ञान लाई  बुझ्नु र अनुभवमा उतार्नु अति आवश्यक छ। तत्त्व ज्ञानी श्रोत्रिय ब्रह्म-निष्ठ सतगुरुबाट वेदांत नपढेमा हाम्रो आध्यात्मिक यात्रा अपेक्षित रूपमा प्रगति हुन सक्दैन। वेदांत दर्शनमा तत्त्व ज्ञानको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नै ‘अर्थ-पञ्चक’ हो। तसर्थ सिद्ध महायोग साधकको अध्यात्मिक बिकास तिब्र रुपमा गर्ने हेतुले यो कोर्स चाडै संचालन गर्न लागिएको हो। 

यस ३५० घन्टे कोर्सको मूल उद्देश्य  सिद्ध महायोग साधकहरुलाई साधनामा जीवन्त राखि अघि बढाउनु हो।  धार्मिक परम्परा, जातियता, लैंगिक विभेद, तथा राष्ट्रियता आदिको सीमादेखि माथि उठी सबै सहभागी विद्यार्थीहरुले यस कोर्स मार्फत वेदान्तको मूल आधारभूत ज्ञान तथा भक्ति मार्गको असाधारण सूत्र प्राप्त गर्ने छन्। 

जगतगुरु रामानन्दचार्य स्वामी श्री रामकृष्णचार्य जी महाराज (महायोगी सिद्धबाबा) को प्रत्यक्ष निगरानीमा  सहभागीहरु वेदान्तको सैद्धान्तिक एवं ब्यबहारिक ज्ञानबाट लाभान्वित भई अनुग्रहित  हुनेछन्।

जगदगुरु महायोगी सिद्धबाबा

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान

रामानानंदीय श्री वैष्णव संप्रदायको आध्यात्मिक परम्परामा आधारित, महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले नियमित रुपमा  सिद्ध महायोग सम्बन्धि बिबिध आयाममा शिक्षण/प्रस्तुति, विभिन्न कोर्सहरू तथा हिमालयन सिद्ध महायोग दीक्षा कार्यक्रम संचालन गर्दै आएको छ। प्रतिष्ठानका सबै कार्यक्रम तथा सेवाहरू समय सान्दर्भिक छन्। यी सबै अभियान तथा कार्यक्रम नेपाल र नेपालीको हितका साथै बृहद हितसंग जोडिएका छन् । जस्तो हरित अभियान, स्वस्थकर खाद्यान्नका लागि अर्ग्यानिक कृषि क्रान्ति र जडिबुटी खेति, आयुर्वेद, नाडी विज्ञान, योग, तथा सीमा रहित मानविय सेवामा केन्द्रित छन्। 

कोर्सको बिस्तृत विवरण

वेदान्त दर्शन: अर्थ-पंचक (तत्व-ज्ञान)

कोर्स पूरा भएपछि प्रमाण-पत्र प्रदान गरिनेछ।

कक्षामा हाजीरी सम्बन्धि नीति:
अग्रिम सुचना वा उपयुक्त कारण बिना कक्षामा अनुपस्थिति हुन गएमा कोर्स छोडेको मानिने छ र त्यसपछि पुन: कक्षामा प्रवेश दिईने छैन।

दर्ताका लागि चरणहरू:

१. दर्ता फारम भर्नुहोस् ।

२. तपाइँको दर्ताकोबारे एक ईमेल प्राप्त गर्नुहुनेछ।

३. तोकिएको सेवा रकम बुझाएको प्रमाण पेश गर्ने 

४. त्यसपछि अनलाइन कोर्स को लागि लिंक प्राप्त हुनेछ। 

भर्ना हुनका लागि आवश्यक योग्यता: हिमालयन सिद्ध महायोगको मन्त्र-दिक्षा प्राप्त गरेको हुनु पर्ने छ।
यो कोर्स अध्ययन गर्न तपाई इच्छुक हुनुहुन्छ तर मंत्र-दीक्षित हुनुहुन्न भन्ने तलको फारम भर्नु होस्।
तपाइँलाई लागु हुने दर्ता फारम भर्नुहोस् ।
गुरु दक्षिणा
गुरु दक्षिणा गुरुद्वारा प्रदान गरिएको उच्च ज्ञानको सम्मान गर्न चेलाहरूले गरेको एउटा बिनम्र उपहार हो। यो कृतज्ञताको अभिव्यक्ति हो र यो हिमालयन सिद्ध महायोगको अनादि कालदेखि नै चल्दै आएको अभ्यास हो। उदारता र निस्वार्थताको साथ गुरु दक्षिणा प्रदान गर्दा, यसले अध्यात्मिक खोजमा परिस्कृत बन्दै आन्तरिक निस्कामताको बिकाशका साथ भित्र पसेर हेर्न र माथि उठेर सोच्न सक्षमता प्रदान गर्दछ।
लजिस्टिक सपोर्टका लागि सेवा योगदान
यो कोर्स नि: शुल्क प्रदान गरिन्छ, किनकि वेदांत तत्वज्ञान मूल्य तिरेर किन्न सकिन्न। तथापी अनलाइन शिक्षण पोर्टल, इन्टरनेट प्रयोग, अडियो-भिजुअल र शिक्षण सामग्रीको निर्माण, प्राबिधिक ब्यबस्थापन, र श्रब्य दृश्य सामग्रीको व्यवस्थापन, कोर्स शिक्षण र मुल्याकनहरुका लागि आवश्यक लजिस्टिक खर्चहरू कभर गर्न न्यूनतम योगदान बिना सम्भब नभएकोले यो लजिस्टिक सपोर्टका लागि अनुरोध गरिएको हो ।
error: Content is protected !!