कोभिड–१९ रोकथाम प्रवन्ध पत्र
जगदगुरु महायोगी सिद्धबाबा
जगदगुरु रमानन्दाचार्य सेवा पिठ बराहाक्षेत्र, चतराधाम, सुनसरी र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान ठिमी, भक्तपुर (नेपाल)
कोभिड–१९ बाट बाँच्नको लागि गरिने उपायहरु
(क) सामान्यत: अनिवार्यरूपले पालन गरिनुपर्ने सावधानीहरू –
१) शारीरिक दुरी कायम गर्ने, बारम्बार हात धुने, मास्क लगाउने ।
२) घर बाहिर जाँदा वा आएपछि नाकमा अणु तेल, षड्विन्दु तेल, नरिवल तेल अथवा गाईको घ्यू ( ४ थोपा ) हाल्ने ।
४) ज्वानो, पुदिना १ देखि ३ ग्राम, सञ्चो वा नीलगिरि तेल २ देखि ५ थोपा हालेर दिनमा एक पटक वाफ लिने ।
(ख) भीडभाड र मानव सम्पर्कले हुने संक्रमण बाट बच्नको लागि –
१) अश्वगन्धा चूर्ण (१ टेबलस्पून) एक महिनासम्म दिनमा २ पटक, तातो पानी वा दूध संग खाने ।
२) गुडूची घनवटी, गिलोय घनवटी र संशमनी वटी ३–३ गोली वा असुरो चूर्ण १–३ ग्राम एक महिना सम्म दिनमा २ पटक तातो पानी संग खाने ।
३) हरेक दिन रात्रीमा च्यवनप्राश १ चम्चा तातो पानी वा दूध संग खाने ।
४) बिहान १ चम्चा बेसार तातो पानीसँग खाने र रातमा १ चम्चा बेसार हालेर उमालेको दूध पिउने ।
(ग) लक्ष्यण सहित वा रहित कोभिड–१९ पोजिटिभको उपचार एवं दैनिक प्रबन्धन –
(लक्षणहरू – ज्वरो, थकान, सुख्खा खोकी, घाँटीमा खसखस, नाक बन्द हुनु जस्ता अनुभव भएमा)
१) गुडूची घनवटी र संशमनी वटी ३–३ गोलि वा गिलोय सत्व ५०० मि.ग्रा. पानीसंग वा १ चम्चा असुरो चूर्ण महसँग दिनमा २ पटक एक महिनासम्म खाने ।
२) गुर्जो (लगभग १० ग्राम), असुरो (लगभग ५ ग्राम) र पिप्लाको (लगभग २ ग्राम) जलीय एक्स्ट्रेक्ट (पानीमा भिजाएर छानेको पानी) एक कप दिनको २ पटक लगातार १५ दिन सम्म खाने ।
३) आयुष–६४ ५०० मि.ग्रा. तातो पानी संग वा जडिबुटि काढा दिनमा २ पटक लगातार १५ दिनसम्म खाने ।
४) त्रिकुटा एक एक चिम्टि बिहान बेलुका मह संग चाट्ने।
४) बिहान १ चम्चा बेसार तातो पानीसँग खाने र रातमा १ चम्चा बेसार हालेर उमालेको दूध पिउने ।
(घ) हल्का कोभिड–१९ पोजिटिभ भएका विरामीको विशेष उपचार एवं दैनिकी प्रबन्धन –
१) शरीर दुख्ने, टाँउको दुख्ने र ज्वरोको लागि नागरादि कषाय खाने ।
२) खोकीको लागि लगभग १ चम्चा सीतोपलादि चूर्ण अथवा त्रिकटु वा असुरोको धुलो महसित खाने । घाँटीमा खसखस र स्वादको लागि व्योषादि वटी अथवा मुलेठी चुस्ने।
३) थकानको लागि १ चम्चा च्यवनप्राश दुधसित वा १ गिलास दूधमा २ चम्चा मह राखेर खाने ।
४) हाइपोक्सिया (अक्सीजनको कमि) का लागि वासावलेह १ चम्चा तातो पानीसंग वा असुरोको धुलो १–५ ग्राम महसंग खाने ।
५) पखालाको लागि कुटज घनवटी ३ गोली वा कुट्की काढा १ कप २ पटक सम्म खाने ।
६) श्वास फुलेमा ३ चम्चा कनकासवमा ३ चम्चा पानी मिसाएर दिनमा २ पटक खाना पछि खाने ।
७) बिहान १ चम्चा बेसार, तातो पानी सँग र रातमा १ चम्चा बेसार हालेर उमालेको दूध पिउने ।
८) असुरोको चूर्ण १–३ ग्राम दिनमा ३ पटक लगातार १५ दिनसम्म महसँग चाट्ने ।
(ङ) कोभिड–१९ सक्रमण भएर नेगेटिभ भएपछिको उपचार एवं दैनिकी प्रबन्धन –
१) अश्वगन्धारिष्ट ३–३ चम्चा (खाना पछि) वा अश्वगन्धा चूर्ण १–३ ग्राम तातो पानी वा दूध संग दिनमा २ पटक १ महिनासम्म खाने ।
२) च्यवनप्राश १ चम्चा दिनको २ पटक तातो पानी वा दूधसंग खाने ।
३) रसायन चूर्ण १–३ ग्राम महसंग दिनमा २ पटक १ महिना सम्म खाने ।
४) बिहान १ चम्चा बेसार तातो पानीसँग खाने र रातमा १ चम्चा बेसार हालेर उमालेको दूध पिउने ।
५) असुरोको चूर्ण १–३ ग्राम लगातार १५ दिनसम्म दिनमा ३ पटक महसँग चाट्ने ।
- हिमालयन सिद्धमहायोगानुष्ठान सिद्धान्त अनुसार प्रत्यक्ष प्रसारणमा सिकाए अनुसारको आसान, प्राणायामहरू ३०–४५ मिनेट गर्ने प्रयास गर्ने। उपरोक्त विधिका लागी www.psmyoga.ca/anustan मा हेर्ने।
- उपरोक्त प्रोटोकोलको विस्तृत जानकारी हिमालयन सिद्धमहायोग वेबसाइटको होम पेजमा उपलब्ध छ, जसको गम्भीरता पूर्वक अवलोकन गरी १५ दिने होम आइसोलेसनमा आफूलाई आइसोलेट गरी सम्पूर्ण रुपमा पालना गर्नाले स्वास्थ लाभ हुनेछ । अनुष्ठानलाई सम्पूर्ण रुपले पालना गर्नाले कोभिड–१९ महामारीबाट शीघ्र नै भएमा स्वास्थ्य लाभ गरि जीवन बचाउन सकिने छ ।
- विशेष निवेदन – संक्रमण पोजेटिभ भएर अक्सीजन लेवल ९० भन्दा तल भएमा अविलम्ब चिकित्सकको सल्लाह लिनु पर्दछ ।
कोभिड–१९ बाट बच्ने दिनचर्य, योगचर्य र भोजनचर्यहरू
हज्जारौ वर्ष देखि अपनाइएको, प्राचीन आयुर्वेद एवं यौगिक उपचार पद्धतिमा आधारित रहेर “कोभिड–१९ महामारीबाट बचाउने, उपचार / दैनिकी प्रवन्धन र स्वास्थ्य सुदृढीकरण (लाभ) गर्ने” बारेको यो प्रबन्ध-पत्र, वैकल्पिक चिकित्सा विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकार र भारतको आयुष मन्त्रालयद्वाराप्रबन्धन प्रोटोकलको आधारमा आयुर्वेद र योगका प्रतिष्ठित संस्थानहरु यथा – AIIA, IPGTRA, NIA, CCRS, CCRYN, Himalayan Siddha Mahayog Research Center India, Mahayogi Siddhababa Spiritual Acadamy-Nepal, जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महाराज तथा अन्य राष्ट्रिय शोध संस्थानको विशेषज्ञहरुद्वारा तयार गरिएको हो।
(क) प्रातः कृत्य
१) ब्रह्म मुहूर्तमा (सूर्योदय भन्दा ढेड घण्टा अगाडि) उठ्ने ।
२) आ-आफ्ना परम्परा , धर्म, र संप्रदायको आधारमा ईश्वर स्मरण, प्रार्थना र कर दर्शन गर्ने ।
३) उषापान गर्ने (ताम्रपात्रमा छोपेर राखेको जल पर्याप्त मात्रामा पिउने) ।
४) उदर सोधनार्थ ५ प्रकारका क्रियाहरू (ताडासन, कटिचक्रासन, उदराकर्षण, भुजङ्गासन र पवनमुक्तासन) गर्ने ।
५) मुख बन्द राखेर आराम संग, एकाग्रता पूर्वक, शौच गर्ने अर्थात ट्वाइलेट बाट निवृत हुने ।
६) औषधीय तेल मालिस – २०० ग्राम शुद्ध तोरीको तेलमा १ ठूलो चम्चा ज्वानो फुराएर चुलोबाट तातो तेलको पात्रलाई उतारेर १-२ मिनेटमा १० ग्राम कपुर र १ पिस जाइदानालाई पिसेर हाली बनाएको तेल सेलाए पछि राख्ने र यसै तेलले सम्पूर्ण शरीरमा मालिस गर्ने ।
७) दन्तधावन – दतिवनले ( ९ इन्च लामो कान्छी औला बराबर मोटाईको नीमको डाँठ)ले वा उपलब्ध नभए, सफा ब्रशमा मरिच, पिपलि, र सुठो (त्रिकटु) मा मह मिसाएर तयार गरेको पेस्टले दाँत माझ्ने ।
८) कुञ्जल क्रिया – एक देखि डेढ गिलास मनतातो पानी पिएर उल्टी गर्ने ।
९) स्वेदन – उनीको बाक्लो कमलले घाँटी देखि तल पूरा शरीर ढाकेर सिमलीपत्र राखी उमालेको पानीले सम्पूर्ण शरीरमा वाफ (Steam Bath) लिने ।
१०) स्नान गर्ने। यदि सम्भव भए पानीले स्नान गरिसके पछि अंत्यमा नीमको पात उमालेको पानीले (सेलाए पछि) स्नान गर्ने।
११) जल नेति – तुलसी युक्त मनतातो पानीले जल नेति गरेर नाक सुकाए पछि, दुवै नासा छिद्रमा शुद्ध तोरीको तेल वा अणु तेल वा गाईको घ्यूको ४–४ थोपा राखी नासा-तर्पण गर्ने ।
१२) गन्डुस – मुखमा जडिबुटि युक्त तेल राखेर १–२ मिनेट कुलकुल गरी कुल्ला गर्ने ।
१३) नेत्र प्रक्षालन – रात्रीमा त्रिफला (१ चम्चा) भिजाएर राखेको पानी छानेर आखाँमा छ्याप्ने, वा धुने ।
(ख) सन्ध्योपासना
प्रातः कालमा संध्योपासनाको ठूलो महत्व हुन्छ। तसर्थ प्रतिदिन प्राणायाम, सूर्योपासना तथा इष्टदेवको अर्चना गर्नुपर्दछ । शुद्ध कम्बलको आसन ओछ्याएर पूर्व फर्किएर, हिमालयन सिद्धमहायोग अन्तर्गत – अष्टमहासुदर्शन क्रिया, त्रिभस्त्रिका, आर्कषणी मुद्रा, नाडी शोधन, भ्रामरी, उद्गीत प्राणायाम र सूर्य नमस्कार गर्ने । सन्ध्या उपासना गर्नाले दीर्घायु, सद्बुद्धि, यश, किर्ति तथा ब्रह्मवर्चस्व वृद्धि भएको पाइएको छ।
सन्ध्योपासनालाई जीवनको आधार भन्दा अतिशयोक्ति नहोला । सन्ध्योपासना अन्तर्गत गरिने प्राणायाम द्वारा इन्द्रियका समस्त विकारहरू हट्दछन्, फोक्सोलाई अक्सिजन फिल्टर गर्ने शक्ति मिल्दछ, मानसिक शक्ति बृद्धि हुनुका साथै दशै प्राणहरू नियन्त्रणमा रहन्छन् । हरेक व्यक्तिले हर समय मनमा भगवानको स्मरण गरिरँहदा विचार र भावना शुद्ध हुन्छ ।
तत्पश्चात योग निद्रामा बस्ने (ध्यान) ।
सन्ध्योपासनालाई जीवनको आधार भन्दा अतिशयोक्ति नहोला । सन्ध्योपासना अन्तर्गत गरिने प्राणायाम द्वारा इन्द्रियका समस्त विकारहरू हट्दछन्, फोक्सोलाई अक्सिजन फिल्टर गर्ने शक्ति मिल्दछ, मानसिक शक्ति बृद्धि हुनुका साथै दशै प्राणहरू नियन्त्रणमा रहन्छन् । हरेक व्यक्तिले हर समय मनमा भगवानको स्मरण गरिरँहदा विचार र भावना शुद्ध हुन्छ ।
तत्पश्चात योग निद्रामा बस्ने (ध्यान) ।
(ग) स्वाध्याय
मनुष्य जीवनको चरम लक्ष्य प्राप्तिको लागि ऋषि-महर्षिहरुले सम्यक ज्ञानलाई नै परम साधन बताएका छन् । यसैका लागि उहाँहरूले स्वाध्यायलाई जगत कल्याण हेतु गरिनुपर्ने कृत्य भनि अघि सार्नु भएको हो। स्वध्याय मनुष्य जीवनको ठूलो तप हो । यसले सदाचारको प्रेरणा मिल्दछ । स्वाध्याय द्वारा नै मनुष्य ज्ञानको चरम सीमा सम्म पुग्दछ । यसैले यश, किर्ति तथा गौरव प्राप्त गराउँदछ । तसर्थ हरेक व्यक्तिले स्वाध्याय हेतु सन्त, सत्पुरुषहरूको वाणी / शास्त्र वा आ-आफ्ना गुरुपरम्परा ले निर्देशन गरेको शास्त्र र गुरुवाणीको श्रवण र अध्ययन गर्नु पर्दछ ।
(घ) पेय पदार्थहरू
क-प्रयोग हुने द्रव्यहरू – तुलसी पत्रादि धुलो (तुलसी पत्र, असुरो पत्र, तेजपत्र, पारीजात पत्र, पिपलको बोक्रा, बेसार सबै बराबर मात्रामा मिसाउने) र मरिचादि धुलो (मरिच, ज्वानो, सुकमेल, सुठो, पिपलि सबै बराबर मात्रामा) मिसाउने ।
नोट – माथि उल्लेख गरिएका सबै द्रव्यहरु नपाए यथा प्राप्त सामग्री हालेर काढा बनाउन सकिन्छ ।
ख- निर्माण विधि – डेढ गिलास पानीमा १ चम्चा तुलसी पत्रादि धुलो र एक चौथाई चम्चा मरिचादि धुलो राखेर ५ मिनेट सम्म छोपेर उमाले पछि आयुष काढा बन्दछ ।
दिनमा एक पटक उक्त आयुष काँढा एक कप पिउने । स्मरण रहोस् एकपटक बनाएको काँढा ४ घंटा भन्दा बढि राख्दा प्रभावहीन हुन्छ।
२) खालि पेटमा जौं वा गहुँको जमराको १ कप जुस पिउने । (how long should the gap be between 1 and 2?)
३ अदुवा, धनिया, तुलसी र जीरा हालेर (१ कप पानीका लगि अन्दाजले मिसाएर) उमालेको पानी १ कप का हिसाबले दुइपटक सम्म पिउने।(how long should the gap be between 2 and 3?
४) बिहान १ चम्चा बेसार तातो पानी संग खाने । (should we be using these drinks alternatively day by day or should they all use them on the same morning?)
दिवा ध्यान – मध्यान्नमा ११:४५ देखि १२ बजे, नाडी शोधन र भ्रामरी प्राणायाम गर्नुका साथै केही क्षण ध्यान (वा योगनिद्रा) गर्ने ।
(ङ) भोजन
आहार शव्दको तात्पर्य अन्न नलिकामा सेवन गरिने विभिन्न ४ प्रकारका द्रव्यहरू सित संबन्धितछ।
“आहियते अन्ननलिका युक्ताहार:।”
आहार चार प्रकारले ग्रहण गरिन्छ – अषित (चुस्ने), पीत (पिउने), लीढ (चाटने) र खादित (चपाउने)।
प्रत्येक व्यक्तिको आहारको मात्रा, उसको पाचन शक्तिमा भर पर्दछ। आहारको वास्तविक उपादेयता, मात्रामा भर पर्दछ। स्वस्थ रहन र स्वस्थ हुने प्रयोजनका लागि आहारका यी दुवै दृष्टिकोणहरू महत्वपूर्ण छन्। प्राणिहरूमा “भोक लाग्नु” यौटा स्वाभाविक र आवश्यक प्रकृया हो। यस भोकलाई मेट्नु र शरीरिक पोषकतत्वहरूको कमीलाई पूरा गर्नु आहारको सर्वमान्य प्राथमिक आधार हो।
आहार किन गर्ने? कहिले गर्ने? कहिले न गर्ने? कसरि गर्ने? कति गर्ने? कस्तो गर्ने आदि प्रश्नहरूको उत्तरमा यहाँ हामी विचार गर्ने छौं।
आहार प्रीणन: सद्योवलकृद्देहधारण:।
स्मृत्यायु: शक्ति वर्णोंज: सत्वशोभा विवर्द्धन:।
आहार द्वारा हामीलाई तृप्ति, शरीर धारण, स्मृति, आयु, बल, वर्ण, ओज, सत्व र शोभा (सौन्दर्य) आदिको वृद्धि प्राप्त हुन्छ। प्राणिहरूको जीवन स्वस्थ बनी रहोस् भन्ने उद्येश्य नै आहारको प्रथम र सबै भन्दा महत्वपूर्ण आवश्यकता हो। आहार अन्तर्गत आउने सबै द्रव्य (पदार्थ) “पञ्चभौतिक” हुन् र हाम्रो शरीर पनि “पञ्चभौतिक” नै हो। त्यसैले पञ्चमहाभूत प्रधान यस श्रृष्टिमा आहार गर्नेवाला र सेवन गर्ने आहार सामग्री सबै पञ्चतत्वले निर्मित छन् र एक आर्काका पूरक हुन्।
हाम्रा शरीरमा सात धातुहरू (रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र) हुन्छन्। यी सात धातुहरू क्रमश: एकबाट अर्को उत्तरोत्तर निर्माण हुंदै जाने गर्दछन्। यी धातुहरूको क्षतिपूर्ति र निर्माण हेतु पञ्चभौतिक आहारको भोज्यांशको आवश्यकता पर्दछ।
भोज्यांशले शरीरमा दुई प्रकारले विभक्त भएर काम गर्दछ। भोज्यांशहरूको पाचक प्रकृया अन्तर्गत सर्वप्रथम धातुहरूको निर्माणको प्रकृया निरंतर चलेको हुन्छ। दोस्रो भागले शक्तिको निर्माण हुन्छ। धातु र शक्ति निर्माणको प्रकृया अन्तर्गत विभिन्न प्रकारको “पाक र परिवर्तन” का कृयाहरू आहार द्वारा हुन्छन्।
रस, रक्तादि धातुहरूको निर्माण पछि जुन अंशले शक्तिको निर्माण हुन्छ, त्यसको एक प्रकारले नाश भएर जो जति बचेको हुन्छ, त्यो मल मूत्रको रूपमा बाहिर निस्किने गर्दछ। शरीर निर्माणका लागि धातु, मांस तत्व (Protein), शाक तत्व (Carbohydrates), वसा तत्व (Fat), लवण तत्व (Salts) र पानी आदिको आवश्यकता पर्दछ। यो सबै हामीलाई आहारद्वारा प्राप्त हुनेगर्दछ।
आहारको अवधारणा अन्तर्गत मनुष्यलाई बाल्यकाल देखि नै आहार र पोषणको प्रकृयामा विशेष ध्यान दिनु पर्दछ।
गर्भिणी माताहरूको लागि अहार:
- सामान्य अवस्थामा लिने गरेको भोजनको मात्रामा वृद्धि गर्नु पर्दछ।
- पर्याप्त पोषणयुक्त आहारको सुनिश्चितता गरिनु पर्दछ।
- आइरन र फोलिक एसिडका गोलीको सेवन गर्नु पर्दछ।
- पाते साग सब्जीहरूको सेवन गर्नु पर्दछ। किनकि यीनमा फोलिक एसिड हुन्छ।
- सिंगो चना, दालहरू, अंकुरित दालहरू, पाते साग सब्जीहरू, गुण, तिल, बदाम (Peanuts ), खजूर आदिको बढि प्रयोग गर्नु पर्दछ ।
- ऋतुफल र मौसम, पपीता, र स्याउको सेवन गर्नु पर्दछ।
- गाइको दूध, दही र मोही, लस्सीहरूको सेवन गर्नुपर्दछ।
- आहारमा आयोडीनयुक्त नुन सेवन गर्दा गर्भस्थ बच्चाको मस्तिष्कको विकासमा मदत गर्दछ।
- थोरै मात्रामा तर पटक पटक आहार सेवन गर्नुपर्दछ।
- तरल पदार्थहरु पर्याप्त मात्रामा सेवन गर्नु पर्दछ।
पूरक आहार:
- पूरक आहारमा दलिया, दाल, सब्जी आदिलाई मिलाएर दिनुपर्दछ।
- खिचडीमा एक दुई सब्जी हालेर खुवाउनाले उत्तम पोषक तत्वहरूको वृ्द्धि हुन्छ।
- चामल, चोकर सहितको पिठो, मूंग, चना, बदाम (Peanuts), सख्कर (गुँड) तेल, नुन, घिउ, दूध आदिलाई आहारमा उपयोग गरिनु पर्दछ।
- भिटामिन ‘ए’ र ‘फलाम तत्च’ पूर्ति हेतु हरियो साग सब्जीहरू, गाजर, लौका-फर्सि, पपीता, आँप, केरा आदि मौसमी फलहरूको उपयोग गर्नुपर्दछ।
किशोरावस्थामा आहारको अवधारणा:
किशोरावस्था बाल्यावस्था र युवावस्थाको बीचको एक महत्वपूर्ण अवस्था हो। सामान्यत: यो १० देखि १९ (वोर्ल्ड हेल्थ अर्गनाइजेसन) वर्षको उमेरलाई मानिन्छ । यस्तो अवस्थामा शारीरिक र मानसिक यौवनावस्थाजन्य भावहरूमा परिवर्तन आउँछ। बालक बालिकाहरूमा द्वितीयक लैंगिक लक्षणहरूको प्रादुर्भाव हुन्छ। बालिकाहरूमा मासिक स्राव आउनु, शारीरिक बनावटमा परिवर्तन हुनुका साथै, मानसिक र भावनात्मक परिवर्तनहरू पनि आउन शुरु हुन्छ। शारीरिक विकास तीब्रताले हुन्छ। यस अवस्थामा उचित र पर्याप्त मात्रामा आहार लिनु पर्दछ। बढि व्यायाम र परिश्रमका कारण अतिरिक्त पोषण हेतु प्रोटीन, कैल्शियम, लौह तत्व, लवण तत्वको पूर्ति हेतु आहार लिनुपर्छ। प्रोटीन शारिरिक अंगहरूको पूर्ण विकास हेतु आवश्यक हुन्छ। खनिज लवण, हाड, दाँत हरूको निर्माणका र बलिष्ठताको लागि, कैल्शियमको धेरै मात्रामा आहारमा संयोजन गर्नु पर्दछ। साथमा रातो रक्तकणिका (Hemoglobin) बन्नका लागि लौह तत्वको आवश्यकता हेतु खनिज लवणहरूको प्रयोग धेरै गर्नु पर्दछ।
सबै भिटामिन जस्तै भीटामिन ए, थायामिन, राइबोफ्लोबिन, नियासिन, भिटामिन सी, भिटामिन डी, फोलिक एसिड, भीटामिन बी-१२ का लागि सुन्तला, नारंगी, टमाटर, कागती, पपीता, केरा, खजूर, दूध, गुंड (सक्खर) र हरियो सब्जीहरू, गाजर, अंकुरित अन्न, ताजा फलहरूको सेवन गर्नु पर्दछ।
प्रौढहरूको आहारको अवधारणा :
६० वर्ष माथिको आयुमा अंग शिथिल र कार्यक्षमतामा कमी आउँछ। परिणाम स्वरूप पाचन शक्ति कमजोर हुन थाल्दछ।
वृद्धावस्थामा प्रोटीनको सामान्य आवश्यकताका कारण केवल जीर्ण-शीर्ण ऊतकहरूको (Tissue) मरमत र केही नया उतकहरूको निर्माणका लागि आहारमा प्रोटीनको सामान्य मात्रा जस्तै चना, मूंग, मटर, भटमास, पनीर (छेना), दूध, दही, ओखर, बदाम, गहुं, चामल, टमाटर, हरियो सब्जीले युक्त भोजन सामग्रीहरूको सेवन गर्नु पर्दछ।
धैरै परिश्रम गर्नेवालालाई आहारमा वसाको (तेल घिउ आदि चिल्लो पदार्थको) आवश्यकता पर्दछ। तर वृद्धावस्थामा शरीरको भन्दा मस्तिष्कको (दिमागको) कार्य धेरै हुनाले धेरै वसायुक्त आहार लिन हुँदैन। धेरै चिल्लो-चाप्लो खानाले संतर्पणजन्य रोग र हृदय सम्बन्धी व्याधि वा उपद्रव हुने सम्भावना बनीरहन्छ।
- रेशायुक्त(Fiber) आहारको सेवन गर्नुपर्दछ।(जस्तै चोकरसहितको पिठो, बोक्रासहितको दाल इत्यादि। यस्ता पदार्थले कब्जियतको समस्या हुँदैन वा छ भने ठीक गर्दछ |
- हरियो सागपात र सब्जीको बढि सेवन गर्नाले पौष्टिक तत्व (कैल्शियम, आइरन आदि) प्राप्त हुन्छ।
- तरल द्रव्य (झोलिलो पदार्थ) आहारमा बढाउनाले अम्लपित्त कम हुन्छ र कब्जियतलाई हटाउन पनि मदत गर्दछ। पाचन शक्ति पनि बढ्दछ।
- हल्का, सुपाच्य, नरम र सजीलै चबिने वा गलाएको सब्जीहरू आहारका रूपमा सेवन गर्नु पर्दछ।
- मौसमी फल, अमला, पपीता(मेवा), अंकुरित अन्न, दलिया, खिचडी(जाउलो), गाइको दूध, टमाटर, सूप, सलाद, गाजर, काँक्रो, मुला, ककडी (काँक्रोको एक नरम प्रजाति जो भारतमा गर्मि याममा प्रसस्त पाइन्छ) र भिटामिन सी र कैल्शियम युक्त आहार सेवन गर्नुपर्दछ।
आहारको अवधारणा
आहार शव्दको तात्पर्य अन्न नलिकामा सेवन गरिने विभिन्न ४ प्रकारका द्रव्यहरू सित संबन्धितछ।
“आहियते अन्ननलिका युक्ताहार:।” आहार चार प्रकारले ग्रहण गरिन्छ – अषित (चुस्ने), पीत(पिउने), लीढ(चाटने) र खादित(चपाउने)।
प्रत्येक व्यक्तिको आहारको मात्रा, उसको पाचन शक्तिमा भरपर्दछ। आहारको वास्तविक उपादेयता, मात्रामा भरपर्दछ। स्वस्थ रहन र स्वस्थ हुने प्रयोजनका लागि आहारका यी दुवै दृष्टिकोणहरू महत्वपूर्ण छन्। प्राणिहरूमा “भोकलाग्नु” यौटा स्वाभाविक र आवश्यक प्रकृया हो। यस भोकलाई मेट्नु र शरीरिक पोषकतत्वहरूको कमीलाई पूरा गर्नु आहारको सर्वमान्य प्राथमिक आधार हो।
आहार किन गर्ने? कहिले गर्ने? कहिले न गर्ने? कसरि गर्ने? कति गर्ने? कस्तो गर्ने आदि प्रश्नहरूको उत्तरमा यहाँ हामी विचार गर्ने छौं।
आहार प्रीणन: सद्योवलकृद्देहधारण:।
स्मृत्यायु: शक्ति वर्णोंज: सत्वशोभा विवर्द्धन:।
आहार द्वारा हामीलाई तृप्ति, शरीर धारण, स्मृति, आयु, बल, वर्ण, ओज, सत्व र शोभा(सौन्दर्य) आदिको वृद्धि प्राप्त हुन्छ। प्राणिहरूको जीवन स्वस्थ बनी रहोस् भन्ने उद्येश्यनै आहारको प्रथम र सबै भन्दा महत्वपूर्ण आवश्यकता हो। आहारका अंतर्गत आउने सबै द्रव्य(पदार्थ) “पाञ्चभौतिक” हुन् र हाम्रो शरीर पनि “पाञ्चभौतिक” नै हो। त्यसैले पाञ्चमहाभूत प्रधान यस श्रृष्टिमा आहार गर्नेवाला र सेवन गर्ने आहार सामग्री सबै पञ्चतत्वले निर्मित छन् र एक आर्काका पूरक हुन्।
हाम्रा शरीरमा सात धातुहरू (रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र) हुन्छन्। यी सात धातुहरू क्रमश: एकबाट अर्को उत्तरोत्तर निर्माण हुंदै जाने गर्दछन्। यी धातुहरूको क्षतिपूर्ति र निर्माण हेतु पाञ्चभौतिक आहारको भोज्यांशको आवश्यकता पर्दछ।
भोज्यांश शरीरमा दुई प्रकार ले विभक्त भएर काम गर्दछ। भोज्यांशहरूको पाचक प्रकृया अन्तर्गत सर्वप्रथम धातुहरूको निर्माणको प्रकृया निरंतर चलेको हुन्छ। दोस्रो भागले शक्तिको निर्माण हुन्छ।धातु र शक्ति निर्माणको प्रकृया अन्तर्गत विभिन्न प्रकार को “पाक र परिवर्तन”का कृयाहरू आहार द्वारा हुन्छ।
रस, रक्तादि धातुहरूको निर्माण पछि जुन अंशले शक्तिको निर्माण हुन्छ त्यसको एक प्रकार ले नाश भएर जो जति बचेको हुन्छ, त्यो मल मूत्रको रूपमा बाहिर निस्किने गर्दछ। शरीर निर्माणका लागि धातु, मांस तत्व(Protien), शाक तत्व(Carbohydrates), वसा तत्व(Fat), लवण तत्व(Salts) र पानी आदिको आवश्यकता पर्दछ। यो सबै हामिलाई आहार द्वारा प्राप्त हुनेगर्दछ।
आहारको अवधारणा अंतर्गत मनुष्यलाई बाल्यकाल देखिनै आहार र पोषणको प्रकृयामा विशेष ध्यान दिनुपर्दछ।
गर्भिणी माताहरूको अहार :
- सामान्य भोजनमा वृद्धि गर्नुपर्दछ।
- पर्याप्त पोषणयुक्त आहारको सुनिश्चितता गरिनु पर्दछ।
- आइरन र फोलिक एसिडका गोलीको सेवन गर्नु पर्दछ।
- पाते साग सब्जीहरूको सेवन गर्नु पर्दछ। इनमा फोलिक एसिड हुन्छ।
- सिंगो चना, दालहरू, अंकुरित दालहरू, पाते साग सब्जीहरू, गुण, तिल, बदाम (Peanet), खजूर आदिको बढि प्रयोग गर्नु पर्दछ।
- ऋतुफल र मौसम, पपीता, र स्याउको सेवन गर्नु पर्दछ।
- गाइको दूध, दही र मोही, लस्सीहरूको सेवन गर्नुपर्दछ।
- आहारमा आयोडीन युक्त नुन सेवन गर्दा गर्भस्थ बच्चाको मस्तिष्कको विकासमा मदद गर्दछ।
- थोरै मात्रामा तर पटक पटक आहार सेवन गर्नुपर्दछ।
- तरल पदार्हरू पर्याप्त मात्रामा सेवन गर्नुपर्दछ।
पूरक आहार :
- पूरक आहारमा दलिया, दाल, सब्जी आदिलाई मिलाएर दिनुपर्दछ।
- खिचडीमा एक दुई सब्जी हालेर खुवाउनाले उत्तम पोषक तत्वहरूको वृ्द्धि हुन्छ।
- चामल, चोकर सहितको पिठो, मूंग, चना, बदाम (Peanut), सख्कर(गुँड) तेल, नुन, घिउ, दूध आदिलाई आहारमा उपयोग गरिनु पर्दछ।
- विटामिन ‘ए’ र ‘फलामतत्च’ पूर्तिहेतु हरियो साग सब्जीहरू, गाजर, लौका-फर्सि, पपीता, आँप, केरा आदि मौसमी फलहरूको उपयोग गर्नुपर्दछ।
किशोरावस्थामा आहारको अवधारणा
किशोरावस्था बाल्यावस्था र युवावस्थाको बीचको एक महत्वपूर्ण अवस्था हो। सामान्यत: यो आयु 11 देखि 18 वर्षको उमेरलाई भनिन्छ। यस्तो अवस्थामा शारीरिक र मानसिक यौवनावस्थाजन्य भावहरूमा परिवर्तन आउँछ। बालक बालिकाहरूमा द्वितीयक लैंगिक लक्षणहरूको प्रादुर्भाव हुन्छ। बालिकाहरूमा मासिक स्राव आउनु, शारीरिक बनावटमा परिवर्तन हुनुकासाथै, मानसिक र भावनात्मक परिवर्तनहरू पनि आउन शुरु हुन्छ। शारीरिक विकास तीब्रताले हुन्छ। यस अवस्थामा उचित र पर्याप्त मात्रामा आहार लिनुपर्दछ। बढि व्यायाम र परिश्रमका कारण अतिरिक्त पोषण हेतु प्रोटीन, कैल्शियम, लौह तत्व, लवण तत्वको पूर्तिहेतु आहार लिनुपर्छ। प्रोटीन शारिरिक अंगहरूको पूर्ण विकास हेतु आवश्यक हुन्छ। खनिज लवण, हाड, दाँतहरौको निर्माणका र बलिशष्ठताको लागि, कैल्शियमको धेरै मात्रामा आहारमा संयोजन गर्नुपर्दछ। साथमा रातो रक्तकणिका (Hemoglobin) बन्नका लगि लौह तत्वको आवश्यकता हेतु खनिज लवणहरूको प्रयोग धेरै गर्नु पर्दछ।
सबै भिटामिन जस्तै भीटामिन ए, थायामिन, राइबोफ्लोबिन, नियासिन, भिटामिन सी, भिटामिन डी, फोलिक एसिड, भीटामिन बी-१२ का लागि सुन्तला, नारंगी, टमाटर, कागती, पपीता, केरा, खजूर, दूध, गुंड(सक्खर) र हरियो सब्जीहरू, गाजर, अंकुरित अन्न, ताजा फलहरूको सेवन गर्नु पर्दछ।
प्रौढहरूको आहारको अवधारणा :
६० वर्ष माथिको आयुमा अंग शिथिल र कार्यक्षमतामा कमी आउँछ। परिणाम स्वरूप पाचन। शक्ति कमजोर हुन थाल्दछ।
वृद्धावस्थामा प्रोटीनको सामान्य आवश्यकताका कारण केवल जीर्ण-शीर्ण ऊतकहरूको (Tissue) मरमत र केही नया उतकहरूको निर्माणका लागि आहारबा प्रोटीनको सामान्य मात्रा जस्तै चना, मूंग, मटर, भटमास, पनीर(छेना), दूध, दही, ओखर, बदाम, गहुं, चामल, टमाटर, हरियो सब्जीले युक्त भोजन सामग्रीहरूको सेवन गर्नु पर्दछ।
धैरै परिश्रम गर्नेवालालाई आहारमा वसाको (तेल घिउ आदि चिल्लो पदार्थको) आवश्यकता पर्दछ। तर वृद्धावस्थामा शरीरको भन्दा मस्तिष्कको (दिमागको) कार्य धेरै हुनाले धेरै वसायुक्त आहार लिन हुँदैन। धेरै चिल्लो-चाप्लो खानाले संतर्पणजन्य रोग र हृदय सम्बन्धी व्याधि वा उपद्रव हुने सम्भावना बनीरहन्छ।
- रेशायुक्त(Fiber) आहारको सेवन गर्नुपर्दछ।(जस्तै चोकरसहितको पिठो, बोक्रासहितको दाल इत्यादि। यस्ता पदार्थले कब्जियतको समस्या हुँदैन वा छ भने ठीक गर्दछ)
- हरियो सागपात र सब्जीको बढि सेवनगर्नाले पौष्टिक तत्व (कैल्शियम, आइरन आदि) प्राप्त हुन्छ।
- तरलद्रव्य (झोलिलो पदार्थ) आहारमा बढाउनाले अम्लपित्त कम हुन्छ र कब्जियतलाई हटाउन पनि मदद गर्दछ। पाचन शक्ति पनि बढ्दछ।
- हल्का, सुपाच्य, नरम र सजीलै चबिने वा गलाएको सब्जीहरू आहारका रूपमा सेवन गर्नु पर्दछ।
- मौसमी फल, अमला, पपीता(मेवा), अंकुरित अन्न, दलिया, खिचडी(जाउलो), गाइको दूध, टमाटर, सूप, सलाद, गाजर, काँक्रो, मुला, ककडी(काँक्रोको एक नरम प्रजाति जो भारतमा गर्मियाममा प्रसस्त पाइन्छ) र भिटामिन सी र कैल्शियम युक्त आहार सेवन गर्नुपर्दछ।
आहारको उद्येश्य
- क्षुधा शान्त गर्नु (भोक मार्न)।
- शरीरलाई शक्तिमान बनाउन।
- शरीरमा बल बढाउन।
- रोगप्रतिरोधक क्षमता बढाउन।
- शरीरको पोषणका लागि ।
- मानसिक स्वास्थ्य (सात्विक भाव) बढाउन।
- आध्यात्मिक स्वास्थ्यको संरक्षण गर्न।
- शरीर मन र आत्मालाई स्वस्थ राख्न।
- सत्व (मन), बुद्धिको विकास गर्न।
- आहार शुद्धिले सत्वशुद्धि (मनको शुद्धि) गर्न ।
- सत्व (मनको) शुद्धिद्वारा राग, द्वेष, मोह आदिबाट पर बस्न ।
- शरीर र मनलाई शुद्ध र पवित्र बानाई राख्न।
- शरीरको शक्ति क्षयलाई रोक्न।
- शरीरमा उचित ताप प्रदान गर्न।
- सुपाच्य र बलकारक – पुष्टिकारक हुन।
- उत्तेजनाहरूबाट टाढा राख्न ।
- स्मृति, आयु र ओज बढाउन ।
- वर्ण – सत्व र सौन्दर्य ओज बढाउन ।
- ऋतुसंधिजन्य (मौसम फेरिंदाका) रोगहरूलाई हटाउन।
- स्वास्थ्यका लागि हितकर र कल्याण गर्न ।
- संतुलित आहार ८०% क्षारीय र २०% अम्लीय हुन्छ।
- आन्द्राको सफाई गर्न ।
- मानसिक शान्ति प्रदान गर्न ।
- संतृप्ति दिन थकाई र भोक मेट्न ।
- शरीरमा लचीलोपन र स्निग्धता बढाउन ।
- सप्तधातुहरूको सम्यक विकास गर्न ।
- चर्को पिरो र मसला, तेल धेरै भएका (तारिएको) उत्तेजना दिने आहार हुन हुँदैन।
- निष्प्राण (तत्वहीन / निस्सार) भोजन हुन हुँदैन।
- नशीलो विषैलो आहार सामग्री हुनु हुँदैन।
- फल सब्जीहरू सहितको पोषण तत्वहरू भएको आहार हुनुपर्दछ।
- प्राकृतिक चिकित्साका अनुकूल पालुंगो, बथुवा, पातगोभी, लौकी, टमाटर, मेथी आदि सब्जीहरू र स्याउ, अंबा, पपीता, अंगूर आदि फलहरूसहितको आहार हुनुपर्दछ।
शरीर र आत्मारूपी घरका वात पित्त र कफलाई तीन आधाररूपी स्तंभ (खंबा) मानिएका छन्। यस्तै प्रकारले तीन उपस्तंभका रूपमा (अर्थात सहायक खम्बाहरूका रूपमा) आहार, निद्रा र ब्रह्मचर्यको गणना गरिएको छ, यथा – “त्रय उपस्तंभा इति – आहार: स्वप्नो ब्रह्मचर्यमिति” ।
यीनै तीन उपस्तंभमा आहारको गणना सर्वप्रथम गरिएको छ। आहार ले नै रसादि सात धातुहरूको क्रमश: उत्पत्ति, वात, पित्त, कफरूपी त्रिदोषहरूको उत्पत्ति, वृद्धि र क्षय हुन्छ। आहारको अभावमा शरीरको जीवनी स्थितिको परिचालन असंभव छ। “कलवन्नगता: प्राणा:” अर्थात् प्राण आन्नमा आश्रित छ।
प्राणा: प्राणामृतामन्नंन्न्लोकोमनोडवसाद् अधावति।
वर्ण: प्रसाद: सौस्वर्यं जीवितं प्रतिभा सुखम्।।
तुष्टि: पुष्टिबलिं मेर्धा सर्वमन्ने प्रतिष्ठितम् ।।
हितकर र अहितकार आहार :
- हितकर र अहितकर आहारका अन्तर्गत जल आफ्ना स्वभावले अन्नलाई क्लीन्न गर्दछ र धातुहरूमा क्लेद उत्पन्न गर्दछ। लवण रस कफ आदिको संघातलाई (जम्ने, कठोर हुने प्रवृत्तिलाई) पातलो गर्दछ। क्षारीय आहारको पाचन गर्दछ। मधुर द्रव्य भएको आहार टुटेको (भाँचिएको) स्थानलाई जोड्दछ। घिउ स्नेहन गर्दछ। दूध जीवनीय हुन्छ। मासु शरीरलाई मोटो गर्दछ र शरीरमा तृप्ति उत्पन्न गर्दछ। मदिरा मासुलाई शिथिल गर्दछ।
- द्राक्षासव अग्निलाई तीब्र गर्दछ। दही शोथ (सूजन, सुन्निने) उत्पन्न गर्दछ। मासको दाल मलमूत्र धेरै उत्पन्न गर्दछ। क्षारीय आहार दृष्टि र शुक्रलाई घटाउँदछ। अम्ल आहार (अन्न र अमला बाहेक) सबैले पित्त बढाउँद छन्। सबै मधुर रस प्राय: कफ बढाउने वाला हुन्छन्। तिक्त द्रव्य र कटु रसवाला द्रव्य वातवर्धक र अवृष्य (पुरुषत्व घटाउने वाला) हुन्छन्।
अहितकर आहार :
- दाना चीनी, मिठाई हरू, मु्रब्बा, तारेको आहार, अचार, नमकीन(भुजिया जस्ता), कचौडी, डब्बाबन्द खाद्य पदार्थ, मैदाले बनेका वस्तुहरू, जंक फूड, फास्ट फूड आदिको सेवन हानिकर हुन्छ।
- विशेष गरेर बच्चाहरू लाई टफी, गुलियो गोली, कुल्फी, चीसो पेय, बिस्कुट, चिया-कफीको आदतबाट बचाउनु पर्दछ। किनभने यिनले दाँत र पाचनतंत्र दुवैलाई नोक्सान हुन्छ।
- उत्तेजक र मादक आहार द्रव्यको सेवनबाट बच्नु पर्दछ।
- कब्जनाशक जुलाब र छिटो दिसा लगाउने (रेचक) औषधि पनि हानिकारक हुन्छन। यिनले आन्द्रा र पाचन शक्तिलाई झन कमजोर गर्दछन्।
विरोधी आहार (मिलाएर वा संगै प्रयोग गर्न नहुने आहार) :
- दहीलाई तातो रोटी वा अन्य कुनै तातो पदार्थ सित खान हुँदैन।
- चीसो दुधमा घिउ मिसाएर पिउन हुँदैन।
- घिउसित समान मात्रामा महको सेवन गर्न हुँदैन। यो विष जस्तै हानिकारक हुन्छ।
- काँसा, तामा, पित्तलका भाँडामा रखिएको अमिलो, दही-मोही, दूध, मक्खन खान हुँदैन।
- दूध सित रक्सी, मासु, माछा, अमिली (तित्री), कागती, जामुन, कटहर खान हुँदैन।
- माछा सित उखूको रस र मह खान हुँदैन।
- मुला सित मह र खरबूजा, खरबूजा सित दहीको सेवन गर्न हुँदैन।
- तातो भोजन सित चीसो लस्सी, आइसक्रीम, चीसो पेय पदार्थहरूको सेवन गर्न हुँदैन।
- भोजन गर्दा “साधु भाव” नराखी “स्वादु भाव” राख्नु हुँदैन। यसले बढि भोजन खाइन्छ जसले कब्ज उत्पन्न गर्दछ, जो सबै रोगहरूको कारण हो।
- जुठो र झिंगा बसेको भोजन गर्न हुँदैन।
- भोजन गर्नु पहिले हात, मुख धुने र अंत्यमा नरम ब्रश वा औलाले दाँत र गिजालाई सफा गरेर कुल्ला अनिबार्य गर्नु पर्दछ।
- बोसोयुक्त (चिल्लो धेरै भएको) आहार, बीडी, सुर्ती, भाँग, रक्सी, धेरै चियाका सेवनबाट पूर्णतया बच्नु पर्दछ।
- भोजनका लगी बाँच्ने हैन, जीवनका लागि भोजन गर्नु पर्दछ, जो भोक मेटाउनका लागि गरिन्छ।
- बिहानको नास्तामा (अल्पाहारमा) ताजा फल, गाजर आदिको सलाद, अंकुरित अन्न या दूध मद्धे कुनै एक, आवश्यकतानुसार मात्र लिनु पर्दछ।
- स्वच्छ र सबल हुन हमेशा स्वच्छ र शाकाहार नै सर्वश्रेष्ठ हुन्।
- जूस (फलको रस) को तुलनामा फलको सेवन बढि लाभदायक हुन्छ किन भने यसमा फइबर (रेशा) हुन्छ जो पाचनतंत्रका लागि हितकर हुन्छ।
- कब्ज नै सबै रोग हरूको कारण हो। अत: फल, सब्जी, चोकर भएको पिठो, अंकुरित अन्न, अमला, कागती, सुन्तला र उचित मात्रामा आहार, प्रसन्न चित्त भएर गर्नु पर्दछ।
- आहार जीर्ण भएपछि मात्र (राम्रो पाकेपछि मात्र) सेवनगर्नु पर्दछ यथा – “जीर्णेअरनीयात्” ।
- तातो आहार गर्नु पर्दछ यसले स्वाद दिन्छ, छिटो पच्दछ, कफ शोषण हुन्छ र वायुलाई अनुलोमन (नियमित) गर्दछ।
- स्निग्ध (उचित चिल्लो युक्त) आहारको सेवन गर्नु पर्दछ जसले अग्नि तीब्र हुन्छ, बल, वर्ण र इन्द्रियहरूको शक्ति बढ्दछ।
- विरुद्ध वीर्यवाला (प्रभाववाला) आहार गर्नु हुँदैन। जस्तै दूध र माछाको एकसाथ सेवन। माछा उष्ण वीर्य र दूध शीतवीर्य हुन्छ। संगै सेवन गर्नाले बेमेल भएर रक्त विकार, कुष्ठ र नपुंसकता आदि रोग उत्पन्न गर्दछ।
- “इष्टदेशे” अर्थात् अनुकूल स्थानमा र मनोनुकूल सामग्रीहरूको भोजन गर्नु पर्दछ।
- छिटो छिटो भोजन गर्नाले आहार उन्मार्गी (अनुचित वा कुप्रभाव दिने) हुन्छ। ठीक तरीकाले पाचन नहुनाले उत्तम गुणहरूको प्राप्ति हुंदैन।
- अत्यधिक बिस्तारै पनि आहार गर्नु हुँदैन किन भने धेरै बिस्तारै खानाले भोजन धेरै खाइन्छ र सेलाउँछ पनि। आहारको पाक पनि विषम हुन्छ। त्यसैले धेरै बिस्तारै भोजन गर्नु हुँदैन।
- भोजनमा तीब्र वा धेरै मसला , चिल्लो र तारेको बाट बच्नु पर्दछ।
- रेशा युक्त (फाईबर युक्त) आहार लाभदायक हुन्छ। रेशायुक्त आहार मल निष्कासनमा (आन्द्राको सफाईमा) सहायक हुन्छ र रोग निरोध / निवारणमा लाभदायक हुन्छ।
- भोजनमा यथा संभव साधारण नुनको साटो अल्पमात्रामा यथा-संभव सिंधे नुनको प्रयोग गर्नु पर्दछ।
- अन्न प्रधान भोजन सामान्यत: दुई पटक भन्दा बढि गर्न हुँदैन।
- भोजनमा क्षारधर्मी आहार द्रव्यहरूको मात्रा ८० % र अम्ल द्रव्यको मात्रा २०% ले संतुलित हुनु पर्दछ। अन्यथा रगतमा अम्लता बढेर अनेक रोग हुन्छ।
- मुख्य क्षारधर्मी आाहार द्रव्यहरू -हरियो सब्जी, केराऊ, काउली, बन्दा, काँक्रो, गाजर, मुला, तुरई, टिण्डा लौका, भिण्डी, पाते साग-सब्जीहरू, काँचो नरिवल, अंकुरित अन्न, काँचो दूध, भिजेको सूखा मेवा (दाख, अंजीर, खजूर),सक्खर आदि पर्दछन्।
- मुख्य अम्लधर्मी आहार द्रव्यहरू – घ्यु, तेल, तारेको पदार्थ, पापड, तातो मोही, दही, गहुं, चामल, मकै, बाजरा, काजू, मुम्फली बदाम, मैदा, बेसन, बिना चोकरकोको पिठो, गिरीदार मेवा(सुखा) जस्तै – हाडेबदाम, ओखर ,सुकेको नरिवल आदि, अचार, चटनी, मुरब्बा, चीनी, मासु र अन्य जंक फुड, पिज्जा, बर्गर आदि पर्दछन्।
- शरीरको तापमानको अनुसार नै भोजन र पेय पदार्थको प्रयोग गर्नु पर्दछ।
- “तन्मना भुञ्जीत” – मन लगाएर भोजन गर्नु पर्दछ।
- “अजल्यन्नहसन्” वार्तलाप गर्दै, हाँस्दै भौजन गर्नु हुंदैन।
- “आत्मानमभीसमीक्ष भुज्जीय सम्यक”, आफ्ना आत्मालाई राम्रोसित सोची-सम्झी आहार सेवन गर्नु पर्दछ। यो भोजन सामग्री मेरो स्वास्थ्य, शरीर र मनका लागि लाभकारी छ-छैन विचार गरेर मात्र भोजन गर्नुपर्दछ।
आचार्य चरकले भन्नुभएको छ – “आहारको जो मात्रा भोजन गर्नेवालको प्रकृतिमा बाधा नपुऱ्याउँदै, यथा समय पचोस् त्यही त्यस व्यक्तिको लागि प्रामाणिक मात्रा हो।
- जो समयमा पचोस।
- जसले कुनै प्रकार ले कष्ट नपुऱ्याओ स्।
- जो शरीरको नित्य हुने क्षतिलाई पूरा गरोस्।
- स्वाभाविक भोकभन्दा केहि कम मात्रामा भोजन गर्नु पर्दछ।
- कोचेर धेरै आहारको सेवन गर्नु हुँदैन।
- आमाशयको आधा भाग आहारले पुर्ति गर्नु पर्छ।
- चौथाई भाग पानी र चौथाई हावाको लागि छोड्नु पर्दछ।
- आहारको मात्रा अन्तर्गत चरक ऋषि भन्नु हुन्छ – उदरको (आमाशयको) तीन विभाग (स्थान राखेर) गरेर मात्रापूर्वक आहार गर्नुपर्दछ।
यथा – त्रिविधं कुक्षौ स्थापयेद वकाशांश महारस्या हारमुपयुञ्जान:
तद्यथा – एकमव काशांशं मूर्तानामाहारविकाराणाम् एकं द्रवाणां एकं पुनवतिपित्त ष्लेश्माणाम्म् एवावर्ती आहारमात्रामुपयुज्जयो नामात्राहारजं किंचिद्षुभं प्राप्नोति।
(चरक वि० स्थान २/३)
अर्थात् स्वस्थ रहनका लगि आहारका लागि यो आवश्यक छ कि व्यक्तिले आफ्नो उदरको (पेट – आमाशय) मा आहारको लागि तीन प्रकारको अवकाश (स्थान) राख्नु पर्दछ।
- एक ठोस पदार्थ हरूका लागि
- झोल (तरल) द्रव्यका लागि
- वात, पित्त, कफ यी दोषहरूको संचरण हेतु राख्नु पर्दछ।
आचार्य चरक भन्नुहुन्छ, यी मात्राहरूलाई ध्यानमा राखेर आहार गर्ने व्यक्तिलाई “अमात्र पूर्वक” गरिएको आहारले हुने दुर्गुणहरूको प्रभाव पर्दैन।
मात्रा पूर्वक आहार निम्नानुसार हुन् :
- जुन आहारलाई सेवन गर्नाले पेटमा दवाब पर्दैन, हृदयको गतिमा रुकावट आउँदैन।
- आमाशयमा कोखा चर्किने पीडाको आभास नहोओ स्।
- पेटमा भारीपन नलागोस्।
- इन्द्रियहरू तृप्त रहुन्।
- भोक-प्यास शान्त होउन्।
- बस्दा, सुत्दा, श्वास लिंदा, हाँस्दा र कुराकानी गर्दा सुखको अनुभूति होओस्।
- प्रात: र सायं सुखपूर्वक आहारको पाचन होअोस्।
- बल-वर्ण – शरीरको वृद्धि गरोस् ।
यसरी गरिएको भोजनलाई मात्रापूर्वक गरिएको आहार भनिन्छ।
आहारको मात्रा कम सेवन गर्नाले निम्नानुसारको हानि हुन्छ :
- बल-वर्ण – शरीरको वृद्धि नाश गर्ने।
- तृप्ति नहुने।
- आयुको लागि हानिकारक।
- वीर्य र ओजलाई घटाउने।
- शरीर-मन-बुद्धिलाई नष्ट गर्ने।
- उदासीनता र कमजोरी उत्पन्न गर्नेवाला र वायुको ८० प्रकारका रोगहरूको कारण हुन्छ।
आहारको अति वा धेरै मात्राले निम्नानुसारको हानि गर्दछ :
त्रिदोष (वात पित्त कफ) कुपित हुन्छन्। यसरी प्रकुपित भएका दोष आमाशयमा आश्रित भएर विभिन्न प्रकारका रोगहरूलाई उत्पन्न गर्दछन् –
(क) वात दोष – शूल, आनाह, अंगपीडा, मुख सुक्नु, भ्रम, पिठ्यूं र कम्मरमा जकड (बेस्करि कक्रकिएको जस्तो) उत्पन्न गर्दछ।
(ख) पित्त दोष – ज्वर, अतिसार, प्यास, मद, भ्रम र प्रलाप उत्पन्न गर्दछ।
(ग) कफ दोष – बान्ता (उल्टी), भोजनमा अरुचि, अपचन, शीतज्वर, आलस्य र शरीरमा भारीपन उत्पन्न गर्दछ।
अत: आहारको हीन या अति मात्रा शरीरका लागि कष्टकारी र कुपोषण गर्नेवाला हुन्छ। यसले जठराग्नि विकृत भएर “आम दोष” (आउँ) अत्पन्न गर्दछ। यहाँ विशेष ध्यान राख्नु पर्ने कुरा के हो भने चिन्ता, भय, शोक, क्रोध, दु:ख, दिवा-स्वप्न, र रात्रि जागरणले, मात्राले खाइएका आहार पनि ठीक तरीकाले पाचन हुन सक्दैनन। यसले “आम दोष” उत्पन्न गरेर रोगहरू जन्माऊँदछ।
अध्यशन (पटक पटक आहार लिनु) – पटक पटक भोजनको पाचन हुनुअघि आहारको पुन: पुन: भोजन गर्नुलाई “अजीर्णाशन” भनिन्छ। हमेशा पाचन शक्तिका अर्थात् जठराग्नि को विचार गर्दै मात्रापूर्वक आहार गर्नु पर्दछ। मात्रापूर्वक गरिएको आहारले पूर्ण आयु बढ्दछ। मल गुदा सम्म सजीलै पुग्दछ। अग्निलाई नष्ट गर्दैन। बिना कुनै बाधा अडचन र उपद्रवले पच्दछ। त्यसैले मात्रापूर्वक गरिएको भोजन स्वास्थ्यवर्धक हुन्छ।
मात्राअनुसारको भोजन, भोक भन्दा कम गर्नुपर्दछ। कोचेर खानु हुंदैन। आहार गर्दा पेटको आधा भाग भोजनले, चौथाई भाग पानि र चौथाई भाग हावाको लागि छोड्नु पर्दछ।
भोजन यतिमात्र गर्नु पर्दछ कि उठ्दा न भोको अनुभव होओस् न धेरै खानाले भारी भएको अनुभव होओस्। प्रत्येक व्यक्तिले आफ्ना पाचन शक्ति र जठराग्नि अनुसार भोजनको मात्रा निर्धारण गर्नु पर्दछ।
यस भागदौडको जिन्दगीमा हामीसित भोजन गर्ने पनि समय रहेन भने यतिमात्र भोजन गरौं जसलाई राम्ररी चबाएर खान सकियोस्। छिटो छिटो पेट भर्ने किसिमले हतार हतार खानु हुँदैन। अर्थात् दाँतको काम आन्द्रालाई दिनु हुँदैन ।
- शरीरका अंग-अवयब, कोशिकाहरूको मरमत र विकासका लागि र स्वस्थ रहन / हुनका लागि आहारको सेवन गरिनुपर्दछ।
- भोक न लागि भोजन गर्नु हुंदैन। मज्जाले भोक लागेपछि मात्र भोजन गरौं।
- सायंकाल सुत्नु २ घंटा अघि आवश्यक आहार सेवन गर्नुपर्दछ।
- अफिस / कार्यालय / काम / ड्युटी बाट फर्किए पछि थकाई मेट्न विश्राम गरेपछि (१/२ घंटा) पछि मात्र भोजन गर्नु पर्दछ।
- दुई प्रधान भोजनका बीचमा पटक पटक केहि खान हुंदैन।
- Repeated
- चीसो पारिएको(कोल्ड स्टोर) वा फ्रिजमा राखेको फलहरूको सेवनबाट सम्भव भएसम्म बच्नु पर्दछ। मौसमी सब्जी र फलहरूलाई ताजा नै प्रयोग गर्नु पर्दछ।
- सामान्यत: बिहानको भोजन दिउसो १२ बजे पूर्व र साँझको भोजन सूर्यास्त भन्दा पहिला नै गर्नु पर्दछ। नभ्याइएमा सूर्यास्तको १-२ घंटा भित्र नै गर्नुपर्दछ।
- बिरामी परेको बेला भोजन त्याग्नु पर्दछ।
- चिन्ता, तनाव वा टेन्शन, क्रोधका अवस्थामा भोजन गर्नु हुँदैन।
- भोक वा रुचि नभएको बेला कहिल्यै भोजन गर्नु हुंदैन।
- भोजन पूर्व हात-गोडा र मुख धोएर शुद्ध भए पछि मात्र, भोजन गर्नु पर्दछ।
- मुखमा लिएको गाँसलाई राम्ररी चपाएर खानाले आहार सुपाच्य र तृप्ति दिनेवाला हुन्छ।
- प्रसन्न चित्त भएर एकाग्र भावले भोजन गर्नु लाभदायक हुन्छ।
- भोजन गर्दा मौन भएर नै गर्नु पर्दछ।
- अखबार, पत्रिका, उपन्यास, टीभी, मोबाइल भोजन गरेकोबेला चलाउनु / प्रयोग गर्नु हुँदैन।
- स्वच्छ भाँडा र शुद्ध वातावरणमा भोजन गर्नु पर्दछ।
- काँचो खानेयोग्य, आगोले नपकाएको, सूर्यद्वारा पकाइएको भोजन सर्वोत्तम हुन्छ। जस्तै – फल, सब्जी, सूखा मेवा आदि।
- पालिश नगरिएको चामल, चोकर सहितको पिठो भोजनमा लाभदायक हुन्छ।
- भोजन सित सलाद आदिको उपयोग अवश्य गर्नु पर्दछ।
(ङ) ताम्बुल सेवन –
तामबुल सेवन गर्ने प्रचलन भारतवर्षमा अति प्राचिन कालबाट चलि आएको छ । प्राचिनकालमा जाइफल, कटुक, सुपारी, ल्वाङ्ग, शीतलचीनी, कपूर, सुकुमेल राखेर पान खाने गर्दथे । पान खानाले मुखमा निर्मलता, सुगंधि, कान्ति एवं सुन्दरता आउँदछ। भोजन प्रति रुचि जागाउँदछ । दाँत र जिब्रोको मल हटाउँदछ र इन्द्रियहरु शुद्ध हुन्छ । हृदयलाई बल दिनुका साथै गलाका व्याधिहरुलाई शमन / नष्ट गर्दछ । भोजन, स्नान र वमन पश्चात पान खानु हितकर हुन्छ ।
रात्रिचर्या –
दिनचर्याको विधिवत पालना गर्दै रात्रिचर्यामा विशेष सन्ध्योपासना, भोजन ग्रहण एवं निन्द्रालाई समावेश गर्न सकिन्छ ।
(क) सन्ध्योपासना – प्रातः काल झैं सन्ध्या कालमा पनि प्राणायामका साथै, ईश्वर उपासनादि गर्नुपर्दछ । दिर्घकाल सम्म सन्ध्योपासना गर्नाले मनुष्यलाई दिर्घायु, बुद्धि, यश,वीर्यका साथै उत्तम शारीरिक एवं मानसिक स्वास्थ्य प्राप्त हुन्छ।
आयुर्वेदले सन्ध्याकालमा भोजन, मैथुन, निद्रा, पठन-पाठन तथा मार्गगमन यी पाँच कुरालाई निषेध गर्दछ । सन्ध्याकालमा पठन-पाठनबाट आयु हानी, भोजन गर्नाले अन्नज रोग, मैथनुबाट गर्भविकृति, निद्राबाट दारिद्र्य, तथा मार्गगमन बाट त्रास हुन्छ ।
(ख) रात्रीप्रहर – आयुर्वेदले रात्रिको पहिलो तथा अन्तिम प्रहरमा अध्ययन (वेदाभ्यास) तथा बाँकी दुई प्रहरमा शयन गर्न निर्देश गरेको छ ।
(ग) रात्रि भोजन – रात्रिको प्रथम पहर अथार्त सूयास्त पूर्व, त्यो सम्भव नभए सुत्नु भन्दा २ घण्टा पूर्व सात्विक, हल्का, सुपाच्य भोजन गनुपर्दछ । सूर्यास्त भएको २ घण्टा पश्चात गरीएको भोजन हानीकारक हुन्छ ।
भोजन गरे पश्चात तुरुन्तै शयन गर्नाले पानी पिउने अवसर प्राप्त हुँदैन । भोजन पश्चात शयन गर्नु भन्दा अगाडी कम्तिमा २–३ पटक पानी पिउनु पर्दछ । यसले भोजन पाचनमा सहायता मिल्दछ, राम्रो निन्द्रा आउँछ र प्रातः पेट पनि सफा हुन्छ । रात्री भोजनको अन्त्यमा बेसार, केसर, शिलाजित युक्त दूध पिउनु स्वास्थको लागि अत्यन्त हितकर हुन्छ । रात्रीमा शयन पूर्व दन्तधावन गर्नुपर्दछ । शयन भन्दा पहिले नेत्रमा अंजन गर्ने विधान पनि छ ।
(घ) रात्री शयन – शयन स्थान पवित्र, स्वच्छ तथा हावा खेल्ने हुनुपर्दछ । पलङ्ग/खाट/खटिया घुँडा सम्मको अग्लो हुनुपर्दछ । तकिया अग्लो / होचो नभई ठिक्कको हुनुपर्दछ । पलंगको लम्बाई चौडाइ विनाकष्ट शयन गर्न सकिने हुनुपर्दछ। शयन गर्दा शिरलाई पूर्व या दक्षिण तर्फ राख्नु पर्दछ। यो पनि ध्यान राखौ कि गोडा पूज्यजन तिर न रहोस्।
(ङ) शयन विधि – शयन पूर्व वस्त्रको स्वच्छतामा ध्यान दिनुपर्दछ । दिनभरी लगाएको वस्त्र लगाएर शयन गर्नु हानिकारक हुन्छ । शयनको समयमा खुकुलो वस्त्र लगाउनुपर्दछ जसले शरीरका कुनै पनि अंगमा दबाब नहोस ओछ्यान स्वच्छ एवं अलग–अलग हुनु पर्दछ । अरुको ओछ्यानमा शयन गर्नु हुँदैन । प्रत्येक व्यक्तिको विछ्यौना अलग–अलग हुनु पर्दछ । झ्याल बन्द गरेर शयन गर्नाले स्वास्थ्यमा प्रतिकुल असर पर्दछ । जाडोको समयमा कोठा तातो बनाउन व्यक्तिहरु विभिन्न वस्तु र उपकरणहरूको प्रयोग गर्दछन्। यसो गर्नाले कार्वनडाइअक्साइड र कार्बनमोनोअक्साइडको मात्रा बढ्न गई स्वास्थ्यलाई प्रतिकुल असर पार्दै व्यक्तिहरुको मृत्यु सम्म हुने सम्भावना प्रवल रहन्छ । अतः शयनपूर्व शुद्ध वायु आवागमनको ध्यान राख्नु पर्दछ । रात्री शयनको क्रममा दिनभरि गरीएका सम्पूर्ण क्रियाकलापहरूलाई चिन्तन–मनन गर्दै, अशुद्ध व्यवहार र कर्म नदोहोरिने प्रतिज्ञा गर्दै आफ्ना धर्म /सम्प्रदाय अनुकूल ईश्वरको चरणमा क्षमायाचना पूर्वक भगवन् नाम स्मरण गर्दै पुरुषले बाँया कोल्टे र स्त्रीले दाँया कोल्टे परेर ७–८ घण्टा शयन गर्नुपर्दछ ।
निवेदक
जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ, वराहक्षेत्र, चतराधाम एवं
महायोगी सिद्धबाबा आध्याात्मिक प्रतिष्ठान, सानोठिमी, भक्तपुर, नेपाल