लाखौ लाख बधाई जगतगुरु महायोगी सिद्धबाबा

लाखौ लाख बधाई !!!

पाशुपत सिद्ध माहायोग अन्तरास्ट्रिय साधना समूह

पूर्वीय दर्शनका अनुसार सांसारिक सम्पन्नताले मात्र प्राप्त गर्न नसकिने ‘सुख, खुशी र सास्वत शान्ति’ श्रोत्रिय ब्रह्मनिष्ट गुरुको कृपा र वहाँको निर्देशनमा गरिने योगाभ्यास तथा ध्यान-साधना विना सम्भव छैन | श्रोत्रिय ब्रह्मनिष्ट गुरुको रुपमा हिमालयन पाशुपत सिद्ध महायोग महाविद्याको शक्तिपात, नाडी विशेषज्ञता तथा आयुर्वेद सेवाको माध्यमद्वारा विश्वकल्याणका लागि समर्पित होइबक्सनु हुने नेपाल आमाका समाधि-सिद्ध वारद्पुत्र अनन्तश्री विभूषित श्रद्धेय गुरुदेव महायोगी सिद्धबाबा (स्वामीजी) आजको विश्वका लागि नौलो नाम होइन | अप्रिल २०१६ मा श्रद्देय स्वामीजीले पोखराको नारायणस्थान आश्रममा लिनु भएको सार्वजनिक ९ दिने अखण्ड भू-समाधि पछि वहाँ विश्वभरी नै चर्चित हुनु भएको थियो |  यसै गरि सन् २०१९ को फेब्रुअरीमा स्वामीजीको सत्संकल्प र नेतृत्वमा विश्वका विभिन्न भागमा छरिएर रहेका १२०० भन्दा बढी  अनुष्ठानिहरूको संलग्नतामा १ अर्ब ६० करोड श्रीराम तारक ब्रह्म मन्त्र-जाप तथा तत्पश्चात सो को दशांश आहुति सहितको विश्वकै इतिहासमा दोश्रो र नेपालको इतिहासमा पहिलो, अति दुर्लभ र उच्च कोटीको श्रीराम तारक ब्रह्म महायज्ञ सम्पन्न भयो । सात सय पाँच वर्ष पछि नेपालको चतराधाममा सम्पन्न यस यज्ञमा नेपाल, भारत लगायत विभिन्न देशबाट आउनु भएका उच्च पदासिन, विशिष्ठ गन्यमान्य व्यक्तित्वहरु लगायत सन्तहरु, मण्डलेश्वर, महामण्डलेश्वर, जगतगुरु, तथा महन्तहरुको बृहद उपस्थिति थियो । यस्तो ठूलो यज्ञ सम्पन्न गराए पछि श्री स्वामीजी अझ बढी चर्चाको शिखरमा पुग्नु भयो |  त्यसै महायज्ञका अवसरमा सन्तमण्डलीका महानायक श्रद्देय अनन्तश्री विभूषित श्रीनृत्यगोपालदासजी महाराजले चतु:सम्प्रदायको सम्मतिमा श्रीस्वामीजीलाई जगतगुरु भएको घोषणा गर्नु भएको थियो | तत्पश्चात् यही जुन १५, २०१९ मा भारतको अयोध्यामा भएको अन्तर्राष्ट्रिय सन्तसंमेलनमा ६ वटै सम्प्रदायको उपस्थिति यबं सम्मत्तिमा जगतगुरुको लिखित प्रमाणपत्र प्रदान गर्नुका साथै पूरै वैदिक विधिअनुसार जगतगुरु रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्यको नामले विभूषित गराई जगतगुरू रामानन्दाचार्यको त्रिदण्ड धारण गराएर पूज्य सद्गुरुदेव  महायोगी सिद्धबाबालाई उच्च सम्मान गरियो |  एउटा सन्तले प्राप्त गर्न सक्ने यो नै सबभन्दा उच्च पद हो | एउटा नेपाली सन्तले यो तहको सम्मान प्राप्त गर्नु भनेको हामी समग्र नेपाल र नेपालीका लागि ठूलो गौरवको विषय हो | सम्पूर्ण भक्त लगायत आज हामी सबै नेपाली सद्गुरुदेवको यो प्रतिष्ठाबाट अति गौरवान्वित भएका छौं | यस खुशीको क्षणमा हामी सबै स्वदेसी तथा बिदेशी साधक वर्ग, र सबै नेपाली दाजुभाई दिदिबहिनीहरुसंग हातेमालो गर्दै हाम्रा पूज्य सद्गुरुदेव जगतगुरु रामानन्दाचार्य स्वामी रामकृष्णाचार्यजी महाराज (जगतगुरु महायोगी सिद्धबाबा), लाई कोटी कोटी वधाई ज्ञापन गर्न चाहन्छौ |

ओम ! जय श्रीसिताराम !

पाशुपत सिद्ध महायोग साधना केन्द्र अटवा क्यानाडा
पाशुपत सिद्ध महायोग एडमन्टन क्यानाडा समूह
पाशुपत सिद्ध महायोग क्यालगरी क्यानाडा समूह
पाशुपत सिद्ध महायोग टोरोन्टो क्यानाडा समूह
महायोगी  सिद्धबाबा स्पिरिचुअल एकेडेमी, बेलायत
महायोगी  सिद्धबाबा स्पिरिचुअल समूह स्कटल्याण्ड
महायोगी  सिद्धबाबा स्पिरिचुअल समूह यू.एस.ए.
महायोगी  सिद्धबाबा स्पिरिचुअल समूह डेनमार्क
महायोगी  सिद्धबाबा स्पिरिचुअल समूह अष्ट्रेलिया

error: Content is protected !!